झापा / ईलाका प्रहरी कार्यालय धुलाबारीले अवैध मदिरा बरामद गरेकाे छ ।
झापा मेचीनगर नगरपालिका १० धुलाबारी चोक स्थित ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई नेपाल तर्फ ल्याउदैं गरेको ३३७ पिस वल्ड मर्क रु.२५४।- को दरले अन्दाजी एक लाख छतीस हजार नौ सय छप्पन्न रूपैयाँ बराबरको अल्कोहल मदिरा नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । बरामद मदिरा आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइने उनले जनाए ।