मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

कन्डक्टरले चलाएको बसले ठक्कर दिँदा कन्काईमा मोटरसाइकल चालकको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

झापा कन्डक्टरले चलाएको बसले साेमबार साँझ झापाको कन्काईमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

साँझ अन्दाजी ७ बजेको समयमा कन्काई नगरपालिका वडा नम्बर २ पवित्रा पेट्रोल पम्पनजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल गाउँपालिका वडा न. ५ बस्ने बर्ष अन्दाजी ४१ का लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । तत्काल नाम, थर, वतन नखुलेका घाइतेलाई बीएण्डसी हस्पिटल ल्याइएकोमा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ  ।

धरानबाट काँकडभिट्टातर्फ आउने क्रममा सो बसले दिउँसो ४.३० बजे बेलवारीमा अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसले मोटरसाइकल चालकलाई सामान्य ठक्कर दिई सवारी दुर्घटना हुँदा बस चालक ईलाम माई नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी बर्ष २२ का सागर थुलुङ राई सोही स्थानमा झरी घाइते पक्षसंग छलफल गर्न बसेका थिए । सोही स्थानबाट बसका कन्डक्टर शिवसताक्षी नगरपालिका वडा न. ६ बस्ने बर्ष अन्दाजी २७ का पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको थियो ।

दुर्घटना गराउने सिटौला फरार रहेका छन् । फरार रहेका बसका चालक राई र सह–चालक बिराटनगर महानगरपालिका वडा नम्बर २ बस्ने वर्ष अन्दाजी १९ का दिपेश दर्जीलाई भने इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार