मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

रामप्रसादको छोरा बचाउन हरसम्भव प्रयास, घर बेच्दा पनि पुगेन

देश प्रदेश डेस्क 5423+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

वीरेन्द्रनगर नगरपालिका–११, काठकुवा टोलका रामप्रसाद पोख्रेल (४५) यतिवेला छोराको उपचारका लागि काठमाडौँको निजामती कर्मचारी अस्पतालमा छन्

अस्पतालको हेमाटोलोजी वार्डअन्तर्गत बेड नम्बर २३९ मा छोरा (१८) रोशन उपचारत छन् । ब्लड क्यान्सरका बिरामी रोशनलाई बचाउन रामप्रसासले भएका सबै सम्पत्ति बिक्रीमा राख्नुपरेको छ । 

छोरालाई ब्लड क्यान्सर होला भन्ने उनले कल्पना पनि गरेका थिएनन् । सामान्य बिरामी होला भनेर उनले अघिल्लो महिना वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल लिएर गएका थिए । भन्छन्, ‘त्यहाँबाट डाक्टरले ब्लडमा खराबी छ, काठमाडौँ लैजानुहोस् भनेपछि चिन्ता थपियो ।’ 

केही दिन सरसापट गरेर उनले फागुन ५ गते छोरालाई काठमाडौँ लगे । उनले सुरुमा सोचेका थिए, सामान्य समस्या होला उपचार भैजाला । तर अस्पतालका डाक्टरले सीधै ‘तपाईंको छोरालाई ब्लड क्यान्सर भएको रहेछ, ३०–३५ लाख खर्च लाग्छ’ भनिदिए । यताउता सरसापट गरी छोरालाई अस्पतालसम्म पुर्‍याएका रामप्रसादको होस उड्यो ।

‘त्यो वेला मेरा खल्तीमा १० रुपैयाँ पनि भएन, डाक्टरसाबले ३० लाखभन्दा बढी खर्च भनेपछि छाँगाबाट खसेजस्तै भएँ,’ निराश हुँदै उनी भन्छन्, ‘कहाँबाट ल्याउनु त्यत्रो ठुलो रकम ? कहिल्यै त्यति ठुलो पैसा देखेकै छैन । के गरूँ, कसो गरूँ भयो ।’

रामप्रसाद मौरीपालन व्यवसायी हुन् । त्यहीँबाट आएको पैसाले उनी घरखर्च चलाउँछन् । एक छोरा, एक छोरी पढाइरहेका छन् । पछिल्लो समय उनको व्यवसाय पनि कमजोर हुन थालेको छ । अन्य कुनै रोजगारी नभएकाले घर खर्च चलाउन उनलाई हम्मेहम्मे छ । 

छोराको उपचार गर्न यति ठुलो रकम कसरी जोहो गर्ने ? उनलाई चिन्ताले सताउन थाल्यो । ‘छोरालाई यही अवस्थामा घर लैजान पनि सक्दिनँ,’ रामप्रसाद दुःखी हुँदै भन्छन्, ‘के गर्ने गर्ने, घरै बेचेर भए पनि छोरालाई बचाउनुपरो ।’ यताउताबाट सरसापट गरेर उनले जम्मा गरेको पाँच लाख रुपैयाँ पनि खर्च भइसक्यो । 

सम्पत्तिका नाममा भएको त्यही घर उनले बिक्री गरे । भन्छन्, ‘२७ लाखमा बेचेँ, किन्नेले केही रकम दिइसकेको छ, पास गर्न बाँकी छ ।’ उक्त रकमले पनि उपचार गर्न नपुग्ने भएपछि उनले सामाजिक सञ्जालमा गुहार मागेको बताएका छन् । 

उनका अनुसार अहिले दैनिक २० हजारसम्म छोराको उपचारमा खर्च भइरहेको छ । वीरेन्द्रनगर नगरपालिका–११ का वडाध्यक्ष खिमलाल देवकोटाले अस्पताललाई सहुलियतका लागि सिफारिस पत्र लेखिदिएका छन् । अस्पतालबाट बढीमा १ लाखसम्मको सहयोग पाएका उनको त्यो पैसा पनि सकिएको छ । 

अस्पतालले पनि उपचार गर्न लामो समय लाग्ने बताएको छ । यद्यपि रोशनलाई अझै कति महिना अस्पताल राख्नुपर्ने हो यकिन भने छैन । ‘डाक्टरले सन्चो हुन्छ त भनेका छन्,’ रामप्रसाद भन्छन्, ‘के गर्नु, पैसा जुटाउन निकै कठिन भयो । परिवारको भोको पेट भरौँ कि ? अस्पतालको बेडमा छटपटाइरहेको छोरालाई बचाऊँ ?’

तर पनि उनी छोरा बचाउन आशावादी छन् । रोशन राष्ट्रिय चन्द्रगंगा मावि गाग्रेतालमा कक्षा १२ मा अध्ययनरत छन् ।

रामप्रसादले सामाजिक सञ्जालमा सहयोगको अपिल गरेका छन् । सहयोगी मनहरूले रामप्रसाद पोख्रेलको नाममा ग्लोबल आईएमई बैंकको खाता नम्बर ३१५०७०१०००८१४४, ईसेवा नम्बर ९८६३५०५९१९ र मोबाइल नम्बर ९८१०५४२५८३ मा सहयोग गरिदिन उनले आग्रह गरेका छन् । 

ramp2ramp4

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै