मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा क्षेत्र नम्बर ४ र ५ मा स्टेसनरी व्यवसायीको इकाई समिति गठन

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२२ पौष २०८०, आइतबार

झापा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाको दुई निर्वाचन क्षेत्रमा शनिवार एकै दिन दुई वटा इकाई समिति गठन गरिएको छ । 

निर्वाचन क्षेत्र ४ र ५ मा इकाई समिति गठन गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले जनाएको छ । क्षेत्र नम्बर ४ को सुरुङामा र क्षेत्र नम्बर ५ को दमकमा व्यवसायीको भेलाले इकाई समिति गठन गरेको हो ।

यस अघि पुस ११ गतेको जिल्ला कार्य समितिको बैठकले झापा ४ मा जिल्ला कार्यसमिति सदस्य समेत रहेका दुर्गाप्रसाद घिमिरे र निर्वाचन क्षेत्र नम्बर ५ मा कार्यसमिति सदस्य समेत रहेका मनकुमार चौलागाईंलाई इकाई संयोजकको जिम्मेवारी दिएको थियो । इकाई संयोजकलाई नै इकाई अध्यक्ष पदमा चयन गरेपछि रिक्त अन्य पदलाई पदपूर्ति गरेको नेपाल पुस्तक तथा व्यवसायी महासङ्घका झापा सचिव चन्द्रमणि घिमिरे (चन्द्र) ले बताए ।

झापा ४ को उपाध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती सुरुङ्गा, सचिवमा सुजन घिमिरे दुधे, कोषाध्यक्षमा सुनिता उप्रेती दुर्गापुर सर्वसम्मत चयन भएका छन् । यस्तै शरणामती गाउँपालिकाबाट टिका पाठक, माईधारकी रोहिता भट्टराई र मदरगाछबाट भक्तबहादुर कार्की सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

यस्तै ५ नम्बर क्षेत्रमा दमकका राजेन्द्रकुमार भण्डारी उपाध्यक्ष, सचिवमा स्कूलचौनका खेमराज श्रेष्ठ र कोषाध्यक्षमा केर्खाका सोमप्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन् ।

सो इकाई समितिमा रूपक श्रेष्ठ गौरीगञ्ज, दमकका ज्ञानेन्द्र श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठ दमकबाटै सदस्य पदमा चयन भएका छन् । यस्तै क्षेत्र नम्बर ५ मा व्यवसायीहरूको भेलाले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका संस्थापक केन्द्रीय सदस्य दुर्गा प्रसाद पौडेल संयोजक रहेको सल्लाहकार समिति पनि गठन गरेको छ । सो समितिमा टिकाराम भण्डारी, ईश्वरीप्रसाद न्यौपाने र रामप्रसाद सिन्जाली सदस्य रहेको सल्लाहकार समिति गठन भएको छ । 

कार्यक्रम नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाका अध्यक्ष विनोद सापकोटा, उपाध्यक्ष खगेन्द्र गौतम र सचिव चन्द्रमणि घिमिरे (चन्द्र)को पनि उपस्थिति थियो । बाँकी रहेका निर्वाचन क्षेत्रमा पनि यसै सातासम्ममा इकाई समिति गठन भइसक्ने उपाध्यक्ष खगेन्द्र गौतमले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार