मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

दुर्गा प्रसाईंको विरोध गरेको भन्दै पूर्व डीएसपीलाई जुत्ताको माला, एक जना पक्राउ

देश प्रदेश डेस्क 5095+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

झापा । दुर्गा प्रसाईंको आलोचना गरेको भन्दै एक पूर्व प्रहरी अधिकारीलाई राजधानी काठमाडौंमा दिनदहाडै उनका समर्थकले अभद्र व्यवहार गरेका छन् ।

प्रसाईँको अभियानको आलोचना गरेको भन्दै पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) केपी शर्मा पन्थीलाई पशुपति क्षेत्रमा दिउँसै बाँधेर जुत्ताको माला लगाएर अभद्र व्यवहार गरिएको हो ।

शर्मालाई केही युवाले अब आइन्दा प्रसाईँको आलोचना नगर्नु भन्दै फलामे कुर्सीमा बाँधेर जुत्ताको माला लगाएका छन् ।

फलामे कुर्सीको पछाडि हात बाँधेर जुत्ताको माला लगाएर सम्मान गरिएको भन्दै भिडियो खिचेका युवाले अबदेखि प्रसाईँको आलोचना गरे जिब्रो काटिदिने चेतावनी दिएका छन् ।

‘अब यस्तो बोल्दै जानुभयो भने हाम्रो टोलीले जिब्रो कटिङ गर्छ, जिब्रो कटिङमात्रै होइन ठोक्दिन्छु, दुर्गा दाइले धेरै सहयोग गर्नुभएको छ, नत्र गोली हान्थेँ म,’ ती युवाले भनेका छन् ।

एक टेलिभिजनमा दिएको अन्तर्वार्तालाई लिएर पन्थीमाथि वैशाख २७ मा अभद्र व्यवहार भएको हो । पन्थीले दुर्व्यवहारविरुद्ध गौशाला प्रहरी वृत्तमा जाहेरी दिएका छन् ।

पन्थीको जाहेरीका आधारमा घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको गौशाला प्रहरी वृत्तका प्रमुख केशवकुमार थेवेले जानकारी दिए ।

समाचार स्राेत

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार