मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |
मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |


फरूवाले चाेट लाग्दा मेचीनगरका सुजनकाे दुबै खुट्टा काट्नुपर्ने, सहयोगका लागि सबैसँग अपिल

देश प्रदेश डेस्क 5094+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

झापा  आर्थिक अभावकै कारण मेचीनगर नगरपालिका–१२ कालिझोडाका सुजन खड्काको दैनिकी रोएरै बित्ने गरेको छ । उमेरले २८ वर्ष पुगेका सुजनकाे २०७८ साल असार महिनामा बारीमा काम गर्दा फरुवाले दाहिने खुट्टाको औलामा काट्यो (चोट) लाग्यो । त्यो चोट सामान्य थियो ।

 सामान्य चोट आफै निको होला भन्ठानेर सुजनले कुनै औषधिमुलो गरेनन्, सामान्य चोटलाई बेवास्ता गरेका सुजनकाे क्रमशः खुट्टा गुमाउँदै जानु परेको छ, शारीरिक अवस्था असामान्य बन्दै गएको छ ।

तीन वर्षअघि फरुवाले काटेको ठाउँ कालो हुँदै औलाहरु मर्न थालेपछि उपचार गर्न मेची प्रादेशिक अस्पताल पुगेका सुजनको एउटा औंला काट्नुपर्ने भएपछि बूढी औंला काटियो । इन्फेक्सनको कारण नसा बिग्रँदै गएको मेची अस्पतालका डाक्टरले जानकारी गराए । थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान जान रेफर गरे ।

सुजन उपचारको लागि धरान पुगे, धरानमा सिटी स्क्यान गरेपछि नसाहरू मर्दै गएको, क्रमशः सबै शरीरमा इन्सफेक्सन फैलिँदै जाने खुट्टाको पैतालाको आधा भागसम्म काट्नुपर्ने डाक्टरले सल्लाह दिएपछि सो बेला सुजनले आफन्त, छरछिमेकीसँग आर्थिक सहयोगको अपिल गरेका थिए । सुजनको गरिबी अवस्थालाई बुझेर मनकारीहरुले थोरै थारै सहयोग हुँदा पाँच लाख माथि आर्थिक सहयोग सङ्कलन भएपछि दाहिने खुट्टाको पैतालाको आधा भाग काटियो । त्यसपछि त्यो खुट्टामा इन्सफेक्सन फैलिन रोकियो ।

२०८० कात्तिकमा हिँड्ने क्रममा ढुंगामा देब्रे खुट्टा ठोक्किँदा औलाको नङको भाग पिलियो, त्यसपछि त्यो खुट्टामा पनि इन्फेक्सनको असर देखापर्यो, इन्फेक्सनको असर देखिएपछि अर्को खुट्टाको पैतालको आधा भाग काट्नुपर्ने भएपछि पुन उपचार खर्च कसरी जुटाउने फेरि सहयोग कसरी मागौं तीन वर्षे अगाडि सहयोग मागिएको थियो । अब कुन मुखले सहयोग माग्नु भन्ने स्वाभिमानका कारण सुजनले इन्फेक्सनको उपचार नगरी बसेको बताए ।

सोही अवधिमा तीन वटा औलाहरु कुहिएर झरे, यतिबेला अरु दुईवटा औला कुहिएर झर्ने अवस्थामा पुगेको छ । इन्सफेक्सन सर्दै खुट्टाको माथिल्लो भागतिर फैलिँदै गएको छ । शुरुवाती चरणमै आर्थिक सहयोग मागेर भए पनि उपचार गरेको भए केही औंला मात्र गुमाउनुपर्ने थियो । गरीब, स्वाभिमान भएका कारण सहयोग अपिल गर्न नसक्दा सुजनको दुबै खुट्टा काट्नुपर्ने भयो ।

गरीब हुनु त्यसमा पनि स्वभिमानी यस्तैै कारणले सुजनको स्वास्थ्य बिग्रदै गएको हो । देब्रे खुट्टाको पैतालाको भाग गत फागुनमै काट्नुपर्ने डाक्टरले सुझाव दिएका थिए । तर, आर्थिक अभावकै कारण चार महिना ढिलो भइसक्दा पनि उपचार हुन सकेको छैन ।

सुजनका बुवा काष्ठ फर्निचरमा मजदुरी गर्ने गर्छन्, आमा, दाजु र एक बहिनी रहेका छन् । दाजु पनि मानसिक रोगका कारण प्रताणित रहेका छन् । विरामी सुजनको सम्पर्क नम्बर ९८२५९२२८७८ रहेको छ । सुजनको स्वास्थ्य उपचारका लागि चासो देखाउने समाजसेवी अच्युत दाहालको सम्पर्क नम्बर ९८५२६७३६८७ रहेको र सहयोग गर्न सबैसँग अपिल गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार