मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

हेवाखोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, पाँच जना घाइते

देश प्रदेश डेस्क 5185+ समाचार ( )
३२ जेठ २०८२, शनिबार

झापा / मेची राजमार्गमा पर्ने फिदिम र हिलिहाङ जोड्ने हेवाखोलामा निर्माणाधीन पुल (मोडुलर ब्रिज) भाँचिएको छ । बेलिब्रिज निर्माणका क्रममा आज अपरान्ह भाँचिएको हो । पुल भाँचिदा पाँच जना गम्भीर घाइते भएका छन् ।

७० मिटर लामो सिङ्गल स्पानको मोडुलर ब्रिज जडान गरी वारपार गर्ने क्रममा भाँचिदा पाँच जना मजदुर घाइते भएका छन्। नेपालमा पहिलोपल्ट ७० मिटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो।

नेपालमा नयाँ भएकाले भारतीय प्राविधिकको सहयोगमा जडान कार्य भइरहेको थियो । ७० मिटर लामो पुललाई बीचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो ।

मेची राजमार्ग अन्तरगत हेवाखोलाको पुल गत वर्षको बढीले बगाएको थियो । पुल बगेपछि यातायातका लागि खोलामा ड्राइभर्सन बनाइएको छ ।

बर्खामा यातायात सञ्चालनका लागि बेलिब्रिज जोड्ने काम आज सक्ने तयारी थियो । पुल जोड्ने क्रममा भाँचिएको हो ।

पुल भाँचिदा निर्माणमा खटिएका पाँच जना मजदुर गम्भीर घाइते भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

उनका अनुसार पुल भाँचिने कारण खुलेको छैन् । घाइतेलाई उपचारका लागि पठाइएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार