मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

१ करोड ८२ लाखभन्दा बढी नेपाली नक्कली नोट भारतीय गाडीबाट सुनसरीमा बरामद

देश प्रदेश डेस्क 5421+ समाचार ( )
२९ माघ २०८०, सोमबार

झापा । सुनसरीबाट ठूलो परिणाममा नक्कली नोट बरामद भएको छ। प्रहरीले नेपाली १ करोड ८२ लाख ५१ हजार रूपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो। 

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक आइतबार एउटा भारतीय स्कोरपियो गाडीलाई रोकेको थियो। शंकास्पद अवस्थाको बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेर खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। 

उनका अनुसार स्कोरपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा १ हजार दरका नक्कली नोटहरु बरामद गरिएको हो। स्कोरपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पक्राउ परेका छन्। प्रहरीले रोक्नसाथ गाडीभित्र रहेका अर्का एक व्यक्ति फरार बनेका थिए। फरार रहेका व्यक्तिको खोजी जारी राखिएको एसपी रेग्मीले बताए। 

बरामद भएको रकम, स्कोरपियो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनको भनाइ छ। उनका अनुसार भारतबाटै ठूलो परिणाममा नक्कली नोट छापेर नेपाल भित्र्याइएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार