मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |
मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |


आँखा अस्पतालको गेटमै होटलवालाले सोध्छन्‌–लड्की चाहिए?

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

।भारतबाट उपचार गराउन आउने विरामीहरुलाई लक्षित गरी बिर्तामोड ३ सैनिकमोड क्षेत्रमा होटल थपिने क्रम जारी छ ।

त्यहाँ सामान्य चिया नास्ताका पसलदेखि खाने र बस्ने सुविधा भएका चार दर्जनभन्दा बढी होटल र लजहरु छन् ।आन्तरिक र बाह्य पर्यटकहरुलाई लक्षित गरी खोलिएका त्यहाँका होटलहरुमा केही वर्षदेखि विकृति बढ्दै गएको हो ।होटलहरुमा यौनधन्दा र लागूऔषधको कारोबार बढ्दै गएपछि स्थानीय नागरिक समाज र प्रहरी प्रशासन आजित भएका छन् ।

प्रहरीले पटक पटक छापा मारेर त्यहाँका होटलहरुबाट यौन व्यवसायमा संलग्न यौनकर्मी ,ग्राहक र होटल संचालकहरुलाई पक्राउ गरेको घटना निकै छन् । तर पनि त्यहाँको विकृति हटेको छैन । युवती राखेर होटलहरुले यौनधन्दा चलाउने गरेका छन् । सैनिकमोडमा मेची आँखा अस्पताल , दृष्टि अस्पताल र मेची आई एण्ड एस्थेटिक अस्पताल रहेका छन् । ती अस्पतालमा उपचारका लागि आउने विरामी र उनीहरुका आफन्त नै होटलका ग्राहक हुन् ।

भारतीय ग्राहकहरुलाई आ–आफ्‌नो होटलमा ल्याउन अस्पतालको गेटमा तानातान गर्नु नौलो कुरा होइन । प्रत्येक होटलले एजेन्ट राखेका हुन्छन् – जसको काम ग्राहक तान्नु हो । तिनै एजेन्टले भारतीय ग्राहकहरुलाई के चाहियो भनेर अस्पतालको गेटमा सोध्ने गर्छन् । नास्तादेखि खानासम्म , लजमा बस्नेदेखि केटीसम्मको सुविधाबारे एजेन्टहरुले नै जानकारी दिने गरेका छन् । एकजना होटल व्यवसायीका अनुसार भारतबाट आउने भारतीय ग्राहकहरुलाई यहाँको सुविधाबारे जानकारी दिने काम तिनै एजेन्टहरुले गर्ने गरेका छन् । ग्राहक तानातान गर्दा व्यवसायी र एजेन्टबीच कयौ पटक विवाद परिसकेको छ । यहाँका होटलहरुमा लागूऔषधको कारोबार हुने गरेको कुरा कयौ पटक कारोबारीहरु पक्राउ परेको घटनाले पुष्टि गरेको छ ।

युवती राखेर यौन व्यवसाय संचालन गरिरहेको गुनासो बढेपछि प्रहरीले गएराति सैनिकमोड क्षेत्रका होटलमा छापा मारेको थियो । त्यसक्रममा तीनजना होटल संचालकसहित १३ जना पक्राउ परेका छन् ।

राति ८ बजेदेखि मेची आँखा अस्पताल क्षेत्रका होटलहरुमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा तीनजना होटल संचालक , चारजना पुरुष ग्राहक र ६ जना युवती पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । संचालकहरु होटल सेभेन इनका प्रकाश घिमिरे,होटल आसामका विकास गिरी र होटल उमानन्दका शैलेस खड्का पक्राउ परेका छन् । प्रहरीले होटल सेभेन इन , आसाम,उमानन्दलगायतका होटलमा छापा मारेको थियो । सैनिकमोड क्षेत्रमा साना ठूला गरी करिव ५० वटा होटल रहेका छन् ।

यसअघिका निम्न घटनाले सैनिकमोड क्षेत्रका होटलहरु यौनधन्दा र लागूऔषधको अखडा बन्दै गएको पुष्टि भएको छ ।
– गत भदौ १ गते उमानन्द होटल एण्ड लजबाट भारत बिहार सुपौल जिल्ला भीमपुर बालुवा बजारका मोहमद तोहिदलाई लागूऔषधसहित पक्राउ गरिएको थियो ।उनको साथबाट ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

– गत बैशाख २६ गते मेची आँखा अस्पतालको सामुन्ने रहेको होटल मामा भान्जामा शंकास्पद अबस्थामा पाँचजना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा २ जना नेपाली महिला, एक जना होटलको रिसेप्सनमा सहयोग गर्ने कर्मचारी र २ जना भारतीय पुरुषहरु रहेका थिए ।

– गत पुष १० गते आसाम होटल एण्ड लजबाट एक युवती पक्राउ परेकी थिइन् । आसाम होटल एण्ड लजको कम्पाउण्डभित्र बिर्तामोड वडा न.७ बस्ने अन्दाजी १८ वर्षकी युवतीलाई शंकास्पद अबस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो ।

–गत वर्षको भदौ ७ गते मेची आँखा अस्पतालनजिक रहेको सेभेन इन होटलबाट एक युवक लागूऔषधसहित पक्राउ परेका थिए ।होटलको क्याबिनमा बिर्तामोड ५ शुभबिहानी टोल बस्ने ३३ वर्षीय सुरज गुरुङ लागूऔषध बिक्री बितरण गरिरहेको अबस्थामा प्लास्टिकबाहेक३९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए ।

–गत वर्षको साउन २६ गते मेची आँखा अस्पतालनजिकै मेची वान होटलबाट लागूऔषधसहित पाँचजना युवा पक्राउ परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार