मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

आर्थिक र काठ हिनामिना गरेको भन्दै दिपज्योति सामुदायिक वन समूहको कार्यालयमा तालाबन्दी

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२९ श्रावण २०८१, मङ्गलबार

झापा बिगत एक बर्षदेखि वन समिति मनोमानी ढंगले चलेको तथा आर्थिक र काठ हिनामिना गरेको भन्दै उपभोक्ताहरुले दिपज्योति सामुदायिक वन समूहको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन्   ।झापाको कचनकवल –७ बालुवारीस्थित साे वनकाे कार्यालयमा  आज बिहान १० बजेदेखि अनिश्चितकालिन तालाबन्दी गरेका हुन्।

उपभोक्ताहरुलाई काठ नदिएर वन समितिले स्थानीय ब्यापारीहरुलाई काठ बेच्ने गरेको, वन समितिले नक्कली बिल बनाई काठहरु बेच्ने गरेको,उपभोक्ताहरुको नाममा काठ निकासी गरी काठ तस्करी गरेको ,उपभोक्ताले काठ खरिद गर्दा तिर्ने रकमभन्दा कम रकम रसिदमा उल्लेख गरी भ्रष्टाचार गरेको आम उपभोक्ताको आरोप रहेको छ।

बिधानबिपरित मनोमानी ढंगले अधिबेशन गरेको भन्दै गत बर्षको बार्षिक साधारणसभा उपभोक्ताको बिरोधका कारण बिथोलिएको थियो । त्यसपछि कचनकवल–७ का वडा अध्यक्ष भरत राजवंशीको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति बनेको थियो। छानबिन समितिले गत चैत्र १५ गतेसम्म बिधानबमोजिम अर्को अधिवेशन गर्न सुझाव दिएको थियो । तर,वन समितिले बिधानबिपरित अधिवेशन गर्न लागेपछि तालाबन्दी गरिएको आन्दोलित उपभोक्ताको नेतृत्व गर्ने लोकबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार