मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार
 झापा नागरिकता किर्तेसम्बन्धी कसुरमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुरको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ।  प्रहरी टोलीले कान्तिपुरको कार्यालयमै उनलाई भेटेका थिए। उनलाई कार्यकक्षमै पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो।  प्रहरीले पक्राउ पुर्जी थमाउँदा वरिष्ठ अधिवक्ता शम्भु थापा पुगेका थिए। उनले वकिलसँगै जान पाउनुपर्ने र त्यो कुरा हस्ताक्षरित कागजमा उल्लेख हुनुपर्ने अडान राखेपछि केहीबेर भनाभन हुँदा  पक्राउमा ढिलाइ भएको थियो।

नेपाल प्रहरीले सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरेको थियो।

कार्यालयबाट प्रहरी उपरीक्षक रविन्द्र रेग्मीको नेतृत्वमा टोली खटिएको थियो। पक्राउपछि उनलाई आजै धनुषा पठाइने जनाइएको छ।उनलाई आजै धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो। अनुमति पाएको केही घण्टामै पक्राउ गरिएको हो। यसअघि वैशाख १६ गते उनीविरुद्ध नागरिकता किर्तेसम्बन्धी कसुरमा जाहेरी परेको थियो। सोही घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार