मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

थप १२ वटा अस्पतालमा बीमा कार्यक्रम स्वीकृति

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

झापा  स्वास्थ्य बीमा बोर्डले झापाको  बीएण्डसी  सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताल लाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई  बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिए।

बीमा कार्यक्रम सञ्चालन गर्ने पाउने थप मेडिकल कलेजहरुमा  काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, नेपालगञ्ज मेडिकल कलेज बाँके र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन्।

यसैगरी दुईवटा आँखा अस्पताल दिव्यज्योति आइ केयर झापा र दृष्टि आइ अस्पताल पोखरा छन्। अहिले बीमा कार्यक्रम पाउने अधिकांस मेडिकल कलेज बीचमा आफैं बाहिरिएका थिए। बोर्डले समयमै उक्त रकम भुक्तानी नगरेको भन्दै उनीहरु बाहिरिएका थिए। बीमा कार्यक्रमबाट निस्किएसँगै बिरामीहरु घटेपछि उनीहरुले फेरि लबिङ थालेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार