मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

झापामा ८५ जना जेनजी आन्दोलनका क्रममा घाइते भएको पुष्टि

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

झापा झापामा ८५ जना जेनजी आन्दोलनका क्रममा  घाइते भएको पुष्टि भएको छ ।

यसअघि १७३ जना घाइते भएको भनिएकोमा कतिपयको नाम दोहोरिएकाले सम्बन्धित अस्पतालहरुबाट प्रमाणित गरी जिल्ला प्रशासन कार्यालय झापाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका ८५ जनाको नामावली प्रथम चरणमा प्रकाशित गरेको हो । ती घाइतेहरुका लागि तत्कालका लागि भैपरी खर्च वापत प्रतिव्यक्ति रु २० हजारका दरले उपलव्ध गराउन गृह मन्त्रालयबाट रकम प्राप्त भएको छ।

सो रकम लिनका लागि आन्दोलनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएकाहरुलाई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ । उनीहरुले घाइते भई अस्पतालमा उपचार गराउँदाको विरामी टिकट/ पूर्जा / डिस्चार्जका कागजातहरु, नेपाली नागरिकताको प्रमाणपत्र/ नावालकको हकमा जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्नेछ । दशैंको विदाको समयमा दशमी (टिकाको दिन) वाहेक अन्य विदाका दिनहरुमा समेत घाइतेहरुका लागि विहान ११देखि दिउँसो २ वजेसम्म कार्यालय खुला राखिएको छ ।

हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका घाइतेहरुलाई जिल्ला प्रशासन कार्यालयको टोलीले घरमा नै गएर रकम हस्तान्तरण भएकाले त्यस्ता घाइतेहरुले कार्यालयको मोबाइल नं. ९८५२६५५१२५ मा सम्पर्क गरी जानकारी गराइदिनु हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार