मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

झापा कचनकवलका राजवंशीकाे विषाक्त मदिरा सेवनबाट मृत्यु

देश प्रदेश डेस्क 5192+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

झापा ।  कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने ११ नेपाली श्रमिकमध्ये एकजना झापाका रहेका छन् ।

झापा कचनकवल ७ का जात्रु राजवंशीका छोरा २९ वर्षीय रमेश राजवंशीको पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हो । निलकमल ह्युमन रिसोर्स प्रालिबाट उनी तीन वर्षअघि कुवेत गएका थिए । इन्टरनेशनल फर जनरल ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा उनी क्लिनरको काम गर्थे । कचनकवलका रमेश राजवंशीको पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको खबर आएको छिमेकी मोहन खनालले जानकारी दिए । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा ११ नेपाली श्रमिकको ज्यान गएको हो भने बिरामी अवस्थाका ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली र भारतीयलगायत विभिन्न मुलुकका नागरिकले त्यस्तो मदिरा सेवन गरेको पाइएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले २३ विदेशी श्रमिकको मदिरा सेवनका कारण मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिथानोलयुक्त मदिरा सेवनका कारण १ सय ६० श्रमिक बिरामी परेका छन् । मिथानोल उद्योगमा प्रयोग हुने रसायन भए पनि मदिरामा त्यसको प्रयोग गरेको पाइएको हो ।

पीडित सबै एसियाली मुलुकका श्रमिक छन् । अघिल्लो शनिबारबाटै एकपछि अर्को श्रमिक बिरामी पर्न थालेका थिए । अस्पतालमा भर्ना हुनेको संख्या बढ्न थालेपछि कुवेतको लागूऔषध नियन्त्रण केन्द्र र सुरक्षा एजेन्सीसहितका निकाय सक्रिय भएका थिए । कुवेती स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा ३१ जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको उल्लेख छ । त्यस्तै ५१ जनालाई आपत्कालीन मिर्गौला डायलसिस जारी रहेको भनिएको छ ।

कतिपय आकस्मिक रूपमै अन्धोपनको सिकार पनि भएको जानकारी गराइएको छ । धेरै बिरामीलाई सघन उपचार कक्षमा राखेर चिकित्सकको २४ घण्टे निगरानीमा राखिएको छ । विषाक्त मदिरा कहाँबाट आयो, त्यसको कुवेत सरकारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार