मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

बिर्तामोडको किराना पसलविरुद्ध हेलो सरकारमा उजुरी परेपछि...

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१६ कार्तिक २०८०, बिहीबार

झापा बिर्तामोडको पश्चिम स्टेण्डमा रहेको अनिल किराना स्टोरमा म्याद गुज्रिएका अखाद्य वस्तु विक्री वितरण भइरहेको भन्ने गुनासो आएपछि आज अनुगमन गरिएको छ ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको हेलो सरकारमा उजुरी परेपछि बिर्तामोड नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनमा २ किलो कुहिएको छोक्डा र नरिवल घाममा सुकाइरहेको फेला परेपछि जफत गरिएको छ ।

अनुगमनमा ३ दिन भित्रमा उपभोक्ताले देखिने गरी मुल्य सूची टाँस्ने, तेल, बेसन लगायतका प्याकेटमा उत्पादन मिति स्पष्ट प्रिन्ट गर्न सम्बन्धित उद्योगहरूलाई निर्देशन दिने, प्याकिङ गर्ने खालका खाद्य वस्तुमा खाद्य अनुज्ञा पत्र लिने लगायतका निर्देशन दिएको नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले जानकारी दिए ।

हेलो सरकारमा अनिल किराना पसलमा म्याद गुज्रिएका र गुणस्तरहीन वस्तु भण्डारण गरी बिक्री वितरण गर्ने गरेको गुनासो परेको थियो ।

नगर उपप्रमुख सङ्ग्रौलाको संयोजकत्वमा अनुगमन गरिएको हो । अनुगमनमा नगर कार्यपालिका सदस्य यमुना आचार्य, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतम लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार