रेबिज लागेर चितवनमा एक युवकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिजका कारण मृत्यु भएको हो । भरतपुर अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । उहाँलाई केही महिनाअघि कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा उहाँको मृत्यु भएको हो । उहाँ बुधबार मात्रै उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो ।