मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

झापाकाे सङ्गम चोकमा यात्रु प्रतिक्षालय निर्माण

देश प्रदेश डेस्क 5421+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

झापा यात्रुहरुलाई असहज भइरहेको मूल्याकंन गर्दै झापाकाे भद्रपुर स्थित सङ्गम चोकमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ । स्वर्गीय सीता राईको सम्झनामा अमेरिका निवासी सविना गुरुङ्को सहयोगमा प्रतिक्षालय निर्माण गरिएको हो ।
सामाजिक अभियान्ता सञ्जय भुइमाली एवम भावना क्षेत्रीको सहकार्यमा निर्माण गरिएको प्रतिक्षालयलाई भद्रपुरका मेयर गणेश पोखरेलले उद्घाटन गरेका थिए । यस्ता बस विसौनी नगरको निती तथा कार्यक्रममा समेत समावेश भएकोले क्रमशः नगरले पनि आवश्यक स्थानको छनौट गरी निर्माण गर्दै लैजाने पोखरेलले बताए ।  राम्रो कामको थालनी गरेकोमा सहयोगी दानवीरलाई उनले धन्यबाद दिएका थिए ।
करिब ३७ हजारको लागतमा निर्माण गरिएको बस विसौनीको केही रकम अपुग भएकोले अभियानकर्मीको तर्फबाट समेत सहयोग गरिएको भुइमालीले जानकारी दिए ।
भद्रपुर निवासी यी जोडीले विभिन्न प्रकारका समाज सुधारका कामहरु गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार