मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

पूर्व पहरी सङ्गठन नगर समिति भद्रपुरद्धारा लागूऔषध बिरूद्ध विद्दालय मार्फत सचेतना फैलाउदै

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

झापा   झापामा अत्यधिक रुपले लागूऔषधको प्रयोग ,दुर्व्यसन र ओसार –पसार बढेर गएको भन्दै पूर्व पहरी सङ्गठन नगर समिति भद्रपुर झापाले न्यूनिकरणका लागि विद्दालय मार्फत सचेतना फैलाउदै आइरहेकाे छ  । भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर भित्रका विद्दालयसँग समन्वय गरेर विद्यालय स्तरमा विद्यार्थीहरुलाइ सचेतना जगाउँदै न्यूनिकरणका लागि कार्यक्रम तीब्र रूपमा सञ्चालन गरिरहेकाे  हाे ।

समितिले आइतबार भद्रपुर ७ वासीलाल चाेकमा रहेको आदर्श नमुना स्कुलमा अध्ययनरत कक्षा ८ ,९  र १० का छात्र–छात्राहरुलाइ  एक दिने लागूऔषध दुर्व्यस विरुद्ध विद्यालयमा सचेतना जगाएको हो ।

भद्रपुर नगरपालिकाले लागूऔषको रहित नगर बनाउन पालिका भित्र रहेका विभिन्न क्षेत्रहरुमा २५ भन्दा बढी सङ्घ संस्था मार्फत सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेलले बताए । याे समाजमा भयावह अवस्था हुदै गएकाेले  न्यूनिकरण गरी लागूऔषध प्रयाेग गरी समाजमा फर्किएका हरूसँग छलफल गरिने उनले बताए । भारत निजकै परेकाेले यस्ता सीमा क्षाेत्रका वासिन्दा फस्दै गइरहेकाे उनकाे भनाइ छ ।

लागूऔषधको दुर्व्यसनमा नफस्न र त्यस्तो कोही फेला परेमा प्रहरीलाइ खबर गर्न जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर प्रविण श्रेष्ठले बताए । परिवारमा एकजना मात्र  लागूऔषधकाे दुर्व्यसनमा फस्याे भने घर परिवार हुदै देशभर फैलिने उनले जनाए ।

करिब ६० जना उपस्थित विद्यार्थीलाइ पूर्व प्रहरी डिएसपी  धनप्रसाद शिवाकाेटीले प्रशिक्षण दिएका थिए । लागूऔषधमा विज्ञता हासिल गरेका प्रशिक्षक शिवाकाेटीले उत्पादन देखि उपभाेक्ता सम्म पुग्ने तरिकाका बारेमा प्रष्ट पार्दै कानुनी प्रावधान समेत उल्लेख गरेका थिए ।

समितिका बरिष्ठ उपाध्यक्ष एवम कार्यवाहक अध्यक्ष चन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा सचिव राजकुमार थापाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा  पूर्व प्रहरी सङ्गठनका पदाधिकारी ,शिक्षक, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लाे समय नगर समितले  दर्जनभन्दा बढी विभिन्न सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको  छ भने चालु आर्थिक वर्ष भित्र अन्य केही विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सङ्गठनको कार्य योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै