मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

दुर्गा प्रसाईंसहित अङ्गरक्षकलाइ १२ दिन हिरासतमा राख्न अनुमति

देश प्रदेश डेस्क 5192+ समाचार ( )
२९ चैत्र २०८१, शुक्रबार

झापा जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित उनका अङ्गरक्षकलाइ १२ दिन हिरासतमा राख्न  अनुमति दिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका अंगरक्षक दीपक खडकालाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर थिए। उनी चैत १५ गतेदेखि नै फरार थिए । बिहीबार उनलाई भारत आसाम प्रहरीले नियन्त्रणमा लिएर आज नेपाल–भारत सीमा काँकडभिट्टामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।

प्रहरीले भद्रपुरबाट विमानमार्फत् ल्याइ अदालतमा पेस गरेको हो । विमानस्थलमा विमान चढ्ने क्रममा प्रसाईंले भने आफैं पक्राउ परेको बताएका थिए । प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रसाईंले आफू नआत्तिएको पनि बताएका थिए ।

प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दामा अनुसन्धान गर्ने भएको छ । उनीमाथि राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार