मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने

देश प्रदेश डेस्क 5416+ समाचार ( )
७ आषाढ २०८३, आइतबार

झापा / वैकल्पिक राजनीतिको केन्द्रका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुप्रतीक्षित प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा विधिवत् रूपमा सुरु हुँदैछ।

चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा दिउँसो २ बजे एक विशेष समारोहका बीच महाधिवेशनको भव्य उद्घाटन गरिने कार्यक्रम छ। 

महाधिवेशनको उद्घाटन सत्रलाई पार्टीका सभापति रवि लामिछानेप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले संयुक्त रूपमा सम्बोधन गर्दै उद्घाटन गर्ने रास्वपा सचिवालयले जनाएको छ। नयाँ राजनीतिक समीकरण र दुई-तिहाइ बहुमतको सरकार गठन भएपछिको यो ऐतिहासिक महाधिवेशनलाई निकै चासोका साथ हेरिएको छ। 
वाटरप्रुफ डोम र चितवनको चिनारी झल्कने झाँकी
उद्घाटन समारोहका लागि गेस्टहाउस चौरमा जर्मन प्रविधिमा आधारित अत्याधुनिक वाटरप्रुफ डोम (विशेष पाल) निर्माण गरिएको छ। उद्घाटन सत्रलाई आकर्षक र सांस्कृतिक रूपमा भव्य बनाउन चितवनको रैथाने पहिचान तथा विभिन्न जातीय संस्कृति झल्कने विविध सांस्कृतिक नृत्य र झाँकीहरू प्रदर्शन गर्ने अन्तिम तयारी गरिएको छ। महाधिवेशन स्थललाई रवि र बालेनको तस्बिर अंकित ब्यानर र पार्टीको चुनावी चिह्न 'घण्टी' ले सजाइएको छ। 
३,९१८ प्रतिनिधि सहभागी, होटल खर्च आफैँ व्यहोर्ने
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार देशभरका ६४ जिल्ला, ६१० पालिका र विदेशस्थित सम्पर्क समितिहरूबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशनमा कुल ३ हजार ९ सय १८ जना प्रतिनिधिहरू सहभागी हुँदैछन्। राजनीतिक दलहरूमा फजुल खर्च बढेको आरोप लागिरहेका बेला रास्वपाले नयाँ नजिर बसाल्दै महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको आवास तथा होटल खर्च स्वयम् प्रतिनिधिले नै व्यहोर्ने व्यवस्था मिलाएको छ। 
महाधिवेशनका मुख्य एजेन्डाहरू
नयाँ संरचना र विधान संशोधन: शनिबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको केन्द्रीय समितिको आकार १३१ बाट बढाएर १५८ सदस्यीय बनाउने र पदाधिकारीमा महिलाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ। 
प्यानल चुनावमा निषेध: केन्द्रीय निर्वाचन आयोगले 'विशेष निर्वाचन आचारसंहिता, २०८३' जारी गर्दै आकांक्षीहरूलाई प्यानल बनाएर चुनाव लड्न पूर्ण रूपमा निषेध गरेको छ। 
ई-भोटिङ मेसिनको प्रयोग: नेतृत्व चयनका लागि डिजिटल प्रणाली (ई-भोटिङ मेसिन) को व्यवस्था गरिएको भए तापनि मुख्य पदहरूमा सर्वसम्मतिको प्रयास भइरहेको महामन्त्री भूपदेव शाहले जानकारी दिएका छन्। 
उद्घाटन सत्र सकिएपछि असार ८ र ९ गते हुने बन्दसत्रका सम्पूर्ण कार्यक्रमहरू चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रको हलमा सञ्चालन हुनेछन्। महाधिवेशनले रास्वपाको आगामी नीति, नयाँ विचार र आगामी कार्यदिशा तय गर्ने विश्वास गरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार