मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

भद्रपुर रनमा ३ लाख ९४ हजार ४ सय ८५ रूपैयाँ उठ्न बाँकी

देश प्रदेश डेस्क 5185+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

झापा / बडा दशैँको अवसरमा भद्रपुर नगर पालिकाको ८ नम्बर वडाले आयोजना गरेको दौड प्रतियोगिता’भद्रपुर रन २०८१’-मा १ लाख ९४ हजार ४ सय ८५ रूपैयाँ बचत भएको छ । रनमा १२ लाख २१ हजार एकसय आय र १० लाख २६ हजार ६ सय १५ रूपैयाँ खर्च भएकाे हाे ।

समितिले ८ नम्बर वडा कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा  यसपटकको प्रतियोगिताकाे आय व्यय सार्वजनिक गरेकाे हाे ।  झन्डै दुई लाख बचत गर्न सकिएको वडाअध्यक्ष तथा मूल आयोजक समितिका संयोजक गौरव सुव्वा’मनोजले जानकारी दिए। प्रतियोगितालाई सम्पन्न गर्न सहयोग पुर्‍याउने उद्योगी व्यवसायी,सामाजिक,शैक्षिक तथा विभिन्न संघ संस्थाहरूप्रति उनले आभार प्रकट गरे । आम्दानी रकम मध्ये ३ लाख ९४ हजार ४ सय ८५ रूपैयाँ उठ्न बाँकी रहेको वासलात पनि सार्वजनिक गरिएको थियो । बचत रकममा थप गरी भद्रपुर रन आयोजक समितिले सो प्रतियोगिता सोही अवसरमा प्रत्येक बर्ष सञ्चालन गर्ने जनाएको छ ।

वडाअध्यक्ष गौरव सुव्वा’मनोज’को अध्यक्षतामा गठन गरेको भद्रपुर रन आयोजक समितिले असाेज १७ गते घटस्थापनाको दिन नगरस्तरीय दौड प्रतियोगिता’भद्रपुर रन ‘-सम्पन्न गरेको थियो ।
    समितिका पदाधिकारी-सदस्यलगायत  पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार संयोजक गोपाल गिरी र स्वास्थ्य संयोजक केदार महतले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार