मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

अनलाइनमार्फत यौन व्‍यवसाय गरेको आरोपमा ५ जना पक्राउ

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१७ मंगशिर २०८०, आइतबार

१७  मंसिर, काठमाडौं। अनलाइनमार्फत यौन व्‍यवसाय सञ्‍चालन गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्‍न ठाउँबाट ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको दरवारमार्ग, नयाँ बसपार्क, तिलिङटार, बानेश्वरलगायत ठाउँबाट अनलाइनमार्फत यौन व्यवसाय सञ्चालनमा संलग्नताको आरोपमा ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा  रामेछापको दोरम्बा-३ घर भई हाल  ललितपुर बस्‍ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको  लिखु गाउँपालिका-७ घर भई हाल कागेश्वरी मनोहरा बस्‍ने ३३ वर्षीय गोपाल थापा,  सिन्धुलीको सुनकोशी गाउँपालिका-६ घर भई हाल काठमाडौंको कालोपुल बस्‍ने ४४  वर्षीय सेते सार्की, सल्यानको कपुरकोट-५ घर भई हाल काठमाठौंको बालाजु-१६ बस्‍ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर नगरपालिका-६ घर भई हाल काठमाडौं महानगर-१६ बस्‍ने अमृत रोक्का रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयका  प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार