झापा / निर्माण व्यवसायी संघ झापाले निर्माण सामाग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकाे कारण निर्माण उद्योगमा 'आपतकाल' घाेषणा गरि सरकारले व्यवसायीहरूलाई अविलम्ब राहत दिन प्रेस विज्ञप्ति जारी गरेकाे छ ।
झापाकाे विर्तामाेडमा रहेकाे संघकाे भवनमा बुधबार आयाेजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै संघले मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने निर्माण सामाग्रीमा अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग दिन प्रतिदिन धरासयी बन्दै गएकाे कारण निर्माण उद्योगमा 'आपतकाल' घाेषणा गरि सरकारले व्यवसायीहरूलाई अविलम्ब राहत दिन माग गरिएकाे हाे ।
विज्ञप्तिमा भनिएकाे छ, डिजेल, पेट्रोले, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले साथै नदिजन्य निर्माण सामग्रिहरु खोलाबाट निकाल्न नपाउनु, व्यक्तीगत जग्गाबाट खरिद गरिएका डुडगा, गिटी, बालुवा ओसार पसारमा स्थानिय निकाय र सुरक्षा निकायको धरपकड हुनाले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोप्रति यस निर्माण व्यवसायी सघ झापा, नेपाल सरकार सहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
त्यसैगरि इन्धनजन्य सामाग्रीहरूसहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी लगायत नदिजन्य निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले तिर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ। यस बाहेक देशका विभिन्न ठाउँमा क्रसर उद्योगमा देखिएको समस्या, कतिपय स्थानिय निकायमा काम सम्पन्न गरेता पनि भुक्तानी नपाउनु (समयमै रकमान्तर नहुनु) साथै धेरै व्यवसायीहरुले २०८०/०८१ देखि को पूर्वाधार विकास कार्यालय झापा बाट हालसम्म भुक्तानी नपाउनुले निर्माण व्यवसायीहरु थप आक्रान्त भएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
निर्माण उद्योगको यस्तो अत्यन्त विषम परिस्थितिका विषयमा केन्द्रीय महासंघले बारम्बार नेपाल सरकार लगायत सम्बन्धित निकायहरूमा पत्राचार गरेतापनि समस्या समाधान हुने गरी अहिले सम्म केही कार्यान्वयन नभएको व्यहोरा भनिएकाे छ। वार्षीक ठेक्काको कुनैपनि मुल्य सभायोजन राख्ने प्रावधान नहुन र मुल्य सायोजन हुने बहुवर्षिय ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरूको अत्याधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको जनाइएकाे छ ।
अतः निर्माण कार्य तीव्र रुपमा हुने समयमा नै इन्धन सामग्रीसहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेकाे अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा 'आपतकाल' घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन यस जिल्ला संघ जोडदार माग गर्दछ । साथैः प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप हालको कानूनी व्यवस्थाबाट मूल्य समायोजन हुने नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका-२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समस्या तुरुन्त सम्बोधन गर्न निर्माण व्यवसायी संघ झापा सरकार समक्ष अपील गर्दछ ।