मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

कोशीमा फेरि एमालेको सरकार बन्छः ओली

देश प्रदेश डेस्क 5095+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसंगलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए । ‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएको थियो’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘अहिले पनि मानेको छैन । तर, कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’ गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उनले आरोप लगाए । उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे–जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताए ।

उनले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने उनको दाबी छ । देशको आर्थिक विकास गर्नका लागि दलहरु मिल्नु पर्ने समेत उनले बताए ।
सरकारले गिरीबन्धु टि इस्टेटको कुरा निकालेर चिल आयो चिल आयो भनेर कुखुरा चोर्ने काम मात्रै गरिरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार