मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

घुस लिएका वडाध्यक्षलाई ६ महिना कैद सजाय

देश प्रदेश डेस्क 5188+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भाइकृष्ण तामाङ घुस मुद्दामा दोषी ठहरिएका छन्।

चार लाख घुस लिएको कसुरमा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरू न्यायाधीश रामबहादुर थापा र न्यायाधीश रितेन्द्र थापाको इजलासले तामाङलाई मंगलबार दोषी ठहर गरेको हो।

इजलासले उनलाई ६ महिना कैद र चार लाख बिगो रकम माग गरेको छ। यही कसुरमा संलग्न ध्रुवबहादुर कडायतलाई पनि सोही सजाय सुनाएको हो।

ललितपुर महानगरपालिका-२२ नख्खुस्थित पी थ्री प्रडक्ट्स तथा भिस्‍टा आइकनिक प्रडक्सन प्रालि नामक उद्योग वडा नम्बर २ बसुन्डोलमा ठाउँसारी गर्न र विद्युत जडान सिफारिसका लागि घुस माग गरेका थिए। रिसवत लिन कडायतले भूमिका खेलेको देखिएको थियो।

दुई जनाले घुस माग गरेको व्यवसायीहरू उर्मिला पाणडेय र साझेदार शेषनारायण अधिकारीबीच भएको वार्ता अडिओ र भिडिओ संवादको स्क्रिप्टबाट पनि पुष्टि भएको अदालतले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार