मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

काठमाडौँ महानगरकाे बजेट २५ अर्ब ७० करोड

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१० आषाढ २०८१, सोमबार
झापा काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि  २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सुनिता डङ्गोलले साेमबार  आगामी आवका लागि वार्षिक बजेट पेस गरेकी थिइन् ।
महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै  १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ६१ दशमलब २० प्रतिशत हो । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि  तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार र सामाजिक विकास क्षेत्रका लागि  तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट प्रस्ताव गरिएको छ ।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि  एक अर्ब ८९ करोड २१ लाख र स्थानीय सञ्चित कोषबाट खर्च हुने गरी रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि  १९ करोड नौ लाख प्रस्ताव गरिएको छ ।
महानगर गौरव र स्वर्णिम योजनाका लागि  पाँच अर्ब ८० करोड बजेट गरिएको छ । उपप्रमुख डङ्गोलले विगतका कार्यक्रमलाई निरन्तरता तथा थप एक गरी ११ वटा गौरवको आयोजनाका लागि  तीन अर्ब ८० कारेड बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
त्यस्तैगरी कपडा बैङ्क, पोखरी मर्मत तथा सम्भार, फोहरबाट मल र महानगर होमस्टेलाई थप गरी ३० वटा स्वर्णिम योजना प्रस्ताव गरिएको छ । त्यसका लागि  दुई अर्बको बजेट प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार