मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

देशभरी नै अवैध वित्तीय कारोबारको ठूलो केन्द्र धुलाबारीको द गिफ्टोरियम

देश प्रदेश डेस्क 5188+ समाचार ( )
५ जेठ २०८२, आइतबार
झापा बाहिरीरुपमा आयात निर्यातको ठूलो कारोबार गर्दै आएको झापा मेचीनगरको धुलावारीमा रहेको द गिफ्टोरियम अवैध वित्तीय कारोबारको ठूलो केन्द्र भएको पुष्टि भएको छ । दुई साताअघि सीआईबीले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई ११ जिल्लाबाट पक्राउ गरेपछि गिफ्टोरियमबाट अवैध वित्तीय कारोबार संचालन भएको खुलेको थियो ।
 द गिफ्टोरियमको अवैध वित्तीय कारोबारको सञ्जाल देशभरि देखिएको प्रहरीले जनाएको छ । उनीहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको खुल्न आएको थियो ।
त्यही जानकारीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न ७ जनालाई बुधबार गिफ्टोरियमबाट पक्राउ गरेको हो । गिफ्टोरियमका मुख्य संचालक मेचीनगर ७ धुलावारी निवासी कविस मारु र अनुज मारु हुन् । उनीहरुसंगै सहयोगीहरु मेचीनगर ७ धुलावारीकै निर्मल राई , दिपेन्द्र खड्का , महेश पौडेल , बिर्तामोड ५ का अंकित अग्रवाल र बिर्तामोड ५ कै सुनिल राई पक्राउ परेका छन् । उनीहरुसंग झापाका अन्य व्यक्तिहरु पनि अवैध वित्तीय कारोबारमा संलग्न रहेको बुझिएको छ । जसको बारेमा सीआइबीले अनुसन्धान गरिरहेको छ ।
अवैध वित्तीय कारोबारको ठूलो र पुरानो सञ्जाल भएकाले त्यसबारे अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताउँनुभयो । गिफ्टोरियमबाट प्रत्यक्षरुपमा अवैध वित्तीय कारोबारको सञ्जाल संचालन भएको विषयमा पनि अनुसन्धान भइरहेको खड्काले जानकारी दिनुभयो । बुधबार धुलावारीमा पक्राउ परेका ७ जनालाई सीआइबीले अझै सार्वजनिक गरेको छैन ।
अवैध वित्तीय कारोबारमा झापाका अन्य व्यक्तिहरु पनि संलग्न रहेको आशंकामा सीआइबीले अनुसन्धान गरिरहेकाले पक्राउ परेका ७ जनालाई सार्वजनिक नगरेको बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार