मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

झापामा ‘बासँग बालबालिका’ कार्यक्रमको तयारी

देश प्रदेश डेस्क 5197+ समाचार ( )
६ जेठ २०८१, आइतबार

झापा पूर्वमै पहिलो पटक ‘बा सँग बालबालिका’ कार्यक्रमको आयोजना गरिएको छ । झापा जिल्ला बाल सञ्चालले जेठ ८ गते बासँग बालबालिका कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

आज कनकाई नगरपालिकास्थित सुरुङामा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी दिइएको छ । झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले कनकाई उद्योग वाणिज्य संघको सभाहलमा बासँग बालबालिका कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्धी केपी शर्मा ओली र जिल्लाभरका बालबालिकाहरुको सहभागितामा बासँग बालबालिका कार्यक्रम सञ्चालन हुने मिश्रको भनाई छ । उनले जिल्लाभरका पालिकाहरुबाट ३०-३० जना बालिका र कनकाईबाट समेत गरी जम्मा ६ सय बालबालिकाहरु सहभागी हुने बताइएको छ ।

बासँग झापाका बालबालिकाहरुले बालबालिका सम्बन्धी दूरदृष्टि वा भिजन सुन्नेछन् । झापाका बालबालिकाहरुले आफ्नो आवाज, अपेक्षा र आवश्यकताबारे ओलीलाई जानकारी दिने कार्यक्रम छ । यस्तै, कार्यक्रममा केपी बा र बालबालिकाका अनुभव तथा सिकाई आदानप्रदान गर्ने, विगत वर्तमान र भविष्यका नेपालका निर्णायक व्यक्तित्व ओलीको विचार सुन्ने र साक्षात्कार गर्ने सञ्जालका तयारी छ ।

कनकाईको बालमैत्री अभियानबारे जानकारी गराउने, श्रव्यदृष्य प्रस्तुत गर्ने र सांस्कृति कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ । बाले बालबालिकालाई तीन घण्टा समय दिने रविन्द्र लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार