मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

रास्वपाको विज्ञ सल्लाहकारमा ३ जना पूर्वसचिवहरू मनोनीत

देश प्रदेश डेस्क 5416+ समाचार ( )
तस्विर स्राेतः रास्वपा
२९ आषाढ २०८२, आइतबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नाे केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा ३ जना पूर्वसचिवहरूलाई विज्ञ सल्लाहकारमा मनोनीत गरेको छ।

यसरी मनाेनीत हुनेमा नेपाल सरकारका पूर्वसचिव देवेन्द्र कार्की, सुशीलचन्द्र तिवारी र मधु भेटुवाल रहेका छन् ।

विज्ञ सदस्यहरूको मनोनयनका सन्दर्भमा विभाग प्रमुख श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो रहेको उल्लेख गरेका थिए।

नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत हो, त्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरूरी रहेको उनले बताए।

नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहिसकेका रास्वपाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै