मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

मोटरसाइकल ठोक्किँदा कचनकवलका राजवंशीको मृत्यु

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

बिर्तामोडमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।  बिर्तामोड नगरपालिका-२ को भित्री सडक खण्डमा लालमाटी चोकबाट रामचोकतर्फ जाँदै गरेको म-प्र-०३-०२५ प ९५०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मंगलबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकलमा चालकसहित दुवै जना घाइते भएका थिए । घाइते मोटरसाइकल चालक कचनकवल गाउँपालिका-३ का १९ वर्षीय गोविन्द राजवंशीको टाउको, अनुहार र खुट्टामा गम्भीर चोट लागेको थियो ।

उनको उपचारको क्रममा बिहीबार बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १८ वर्षीय अमित राजाको छातीमा चोट लागेकोले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार