मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

विराटनगरमा ग्याङ फाइट गर्न हिँडेका युवाको समूह तरबारसहित पक्राउ

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१९ अशोज २०८०, शुक्रबार

झापा ग्याङ फाइट गर्न भनेर हिँडेका युवाको समूहलाई प्रहरीले विराटनगर– ९ घोघापुल चोकबाट पक्राउ गरेको छ ।

युवतीको विषयलाई लिएर हुन आटेको ग्याङ फाइट गर्न हिँडेको १५ जनाको समूहलाई मोरङ प्रहरीले आज दिउँसो तरबारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्ने मोरङ र सुनसरीका रहेका छन् । प्रहरीले कटहरि ४ का १८ वर्षीय शेषकवि अली, सुनसरी बर्जू गाउँपालिकाका विजय चौधरी, सोही ठाउँका राहुल दास र १९ वर्षीय ललनकुमार मेहतासहित १५ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका अन्य १२ जना नावालक रहेकाले प्रहरीले उनीहरुको नाम गोप्य राखेको छ ।

पक्राउ परेका अलीको साथबाट प्रहरीले तरबार फेला पारेको हो । उनीहरूको साथबाट प्रहरीले खुँडा, लाठीलगायतका हातहतियार बरामद गरेको छ । पक्राउ परेका अलीको समूह विराटनगरको घोगापुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ग्याङ फाइट गर्ने उद्देश्यले शान्ति चोक जान भनेर हिँडेका थिए । ‘उक्त सूचना प्रहरीले बेलैमा पायो । मोरङ प्रहरीबाट टोली परिचालन भयो र उनीहरूको साथबाट हातहतियारसहित पक्राउ गर्न सफल भयो । आज हुनसक्ने ठुलो दुर्घटना प्रहरीले रोक्न सफल भएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले भने ।

पक्राउ परेका १५ जनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए । ‘अहिले घटनाको अनुसन्धान गर्दै आएका छौँ,’ डिएसपी दाहालले भने, ‘अर्को समूहको को रहेछ । त्यसको पनि पहिचान गर्ने काम भइरहेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार