झापा । श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल भद्रपुर नगरले नगरस्तरीय “श्री वैदिक सनातन धर्म संस्कार आजको आवश्यक्ता शीर्षकमा” वक्तृत्वकला गर्ने भएको छ ।
समितिले बुधबार पत्रकार सम्मेलन गर्दै यहि आउँदो भदौ २१ गते शनिबार जिल्ला समन्वय समिति भद्रपुरको सभाहलमा कार्यक्रम गर्ने जानकारी गराएको हो ।
नगर अध्यक्ष एकदेव भट्टराई(नविन)को अध्यक्षता तथा समितिका केन्द्रीय सदस्य शेषराज रिजालको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको कार्यक्रममा सब्य र भव्य रुपमा सम्पन्न गर्ने जनाएको हो । समितिका नगर उपाध्यक्ष उत्तम नेपालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।
कार्यक्रममा प्रथम पुरस्कार भद्रपुर मारवाडी महिला मञ्च,द्धतिय हल्दीबारी २ का कुमार भण्डारी र तृतीय समितिका उपाध्यक्ष नेपाले सौजन्य गर्ने ,प्रसादीका लागि ओम खत्री कोईराला, अम्बीका पोखरेल र राजकुमार राईले सौजन्य गर्ने जनाइएको छ । त्यसैगरी रामकुमार सिवाकोटीले इन्टरनेट उपलब्ध गराउने भएको समेत उल्लेख गरिएको छ । कार्यक्रममा करिब ३ सय जनाको उपस्थिति रहने अनुमान गरिएको नगर सचिव उदय खनालले जानकारी दिएका थिए ।
भद्रपुर नगरभित्र २० वटा संस्थागत ,८ वटा सामुदायिक र एकवटा गुरुकुलसहित २९ विद्यालयका एक÷ एक जना विद्यार्थी सहभागी हुनेछन् । प्रथम,द्धतिय र तृतीय हुनेलाइ क्रमश १० हजार,७ हजार र ५ हजार नगदसहित प्रमाण पत्र ट्रफी,मेडल पाउने छन भने अन्यले सहभागिताको प्रमाण पत्र पाउने अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा साङ्गवेद संस्कृत मावि चारपानेका प्राध्यापक सोमनाथ गौतम, अधिवक्ता लक्ष्मी खनाल कोईराला र मेची बहुमुखी क्याम्पस भद्रपुरका क्याम्पस प्रमुख देवीप्रसाद आचार्यको तीन सदस्य निर्णायक समिति रहेको कार्यक्रम संयोजक कमलनयन निरौलाले जानकारी दिए । कार्यक्रमलाइ थप व्यवस्थित गर्नका लागि हेमन्त पौडेलको संयोजकत्वमा कमलनयन निरौला ,मिलन कोईराला ,खेमराज नेपाल,उत्तम नेपाल र अभिनाश पोखरेल सदस्य रहने गरी आर्थिक सङ्कलन उपसमिति चयन गरेको छ ।
त्यसैगरी कमलनयन निरौला संयोजक रहने गरी नविन भट्टराई,पीताम्बर अधिकारी,उदय खनाल,हेमन्त पौडेल र उत्तम नेपाल सदस्यसहितको कार्यक्रम सम्पन्न उपसमिति चयन गरिएको नगर सचिव खनालले जानकारी दिए । त्यस्तै खेमराज पौडेलको संयोजकत्वमा पन्ध्र सदस्य स्वयमसेवक समिति चयन गरिएको छ ।
कार्यक्रम सम्पन्नका लागि पालिका, सङ्घ संस्था,उद्योगी,व्यवसायी, समाजसेवी लगायतबाट हालसम्म सवा एक लाख रूपैयाँ सङ्कलन भइसकेको छ भने अनुमानित डेढ लाख रुपैयाँ भन्दामाथि खर्च लाग्ने आर्थिक समितिका संयोजक हेमन्त पौडेलले जानकारी दिए ।
कार्यक्रम संयोजक कमल नयन निरौलाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि रिजालले नगर समितिले आयोजना गर्न लागेको कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रममा दुर्गा मन्दिरका अध्यक्ष यादवप्रसाद पाेखरेलले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन समितिका सचिव उदय खनालले गरेका थिए । नगरभित्र करिव एकसय जना गुरुहरु रहेको समितिले जनाएको छ ।