मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

लागुऔषध अफिमसहित चार जना पक्राउ

देश प्रदेश डेस्क 5421+ समाचार ( )
४ आषाढ २०८२, बुधवार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा   लागुऔषध अफिमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागुऔषध ब्युरो र पर्सा प्रहरीको संयुक्त टोलीले अफिम जस्तो देखिने अवैध लागुऔषधसहित बुधबार चार जनालाई पक्राउ गरेको हो । 

वीरगन्जको रजतजयन्ती चोकबाट पर्साको पटेर्वा सुगौली गाउँपालिकाका विनोद गिरी, प्रदीप चौधरी,जीतेन्द्रकुमार श्रीवास्तव र रमेश राउतलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । 

उनका अनुसार पक्राउ परेकाहरू दुई वटा मोटरसाइकलमा रजतजयन्तीतर्फबाट आइरहेका थिए । सोही क्रममा जाँच गर्दा मोटरसाइकलको बिचमा राखिएको कालो झोलाबाट बेरिएको अवस्थामा अफिम जस्तो देखिने एक किलो लागु औषध बरामद भएको प्रहरी प्रवक्ता लम्सालले बताए । 

पक्राउ परेकाहरूमाथि लागुऔषध कसुरमा अदालतबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार