मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

उर्लावारीमा सुन पसलमा आगलागी,२७ जना घाइते

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

झापा लक्ष्मीपूजाको आगो सल्किँदा मोरङको उर्लाबारीमा २७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उर्लाबारी नगरपालिका ७ स्थित दिपक कार्कीको घरमा सञ्चालन गरिएको सुन पसलमा भएको आगो निभाउन जाँदा प्रहरी र सर्वसाधारण घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले दिएको जानकारी अनुसार  आगो निभाउने क्रममा २७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको विराटनगरको आर्या अस्पताल,केहीको बिर्तामोडको बीएण्डसी,केहीको उर्लाबारीको अरनिको र केहीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको  दासले जानकारी दिए ।

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोको मुस्लो उनीहरुमाथि पर्दा घाइते भएका थिए । केहीको अवस्था गम्भीर छ भने केही सामान्य घाइते भएका छन् ।

आधा दर्जन दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगो राति १२ बजे नियन्त्रणमा आएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार