मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

कोशीमा बेपत्ता डा. कोइरालाको शव १० दिनपछि भेटियो

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२० भाद्र २०८०, बुधवार

झापा कोशीमा बेपत्ता झापा दमक १ का डा. प्रज्वल कोइराला १० दिनपछि मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने व्यक्तिले शव देखेर प्रहरीलाई खवर गरेका थिए । पछि शव गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दोजुल्दो भएको विपद व्यवस्थापनमा कार्य गर्दै आएका सुरक्षा बेस क्याम्प चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए । उनका अनुसार हिजो दिउँसो साढे ४ बजेतिर खबर आएपछि विपद व्यवस्थापनमा खटिएको टोली पुगेर शव ल्याउँदा साँझ ६ बजेको थियो । शव धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ ।

डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिडेका थिए । बेपत्ता भएको भोलिपल्ट भदौ ११ गते उनको सवारीसाधन चतराको पुलपारी फेला परेको थियो । गाडी राखेको क्षेत्रमा लगाइएको सीसीटीभी क्यामेरा फुटेजमा उनी चतराको पुलमा यताउता गरेको र खोलामा टहलाएको देखिन्छ । आफ्नो मोवाइल, जुत्ता उनले गाडी र पुलमा नै छोडेका थिए । प्रहरी स्रोतका अनुसार अन्तिम समयमा उनकी प्रेमी भनिएकी एक युवतीसंग कुराकानी भएको देखिन्छ । ती युवतीसंग बयान लिँदा दुईजनाबीच प्रेमसम्बन्ध रहेको खुलेको छ ।

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत ३२ बर्षीय डा. काेइरालाले दमकको लाइफलाइन अस्पतालमा ३ बर्षभन्दा बढी समय काम गरेका थिए । सीसीटीभी फुटेज, मोवाइल कल डिटेल्स र ती युवतीसँगको बयान समेतलाई आधार मान्दा डा. कोइरालाले कसैसँगको प्रेम सम्बन्ध सफल हुन नसक्ने देखेर कोशीमा हामफालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । फेला परेको शवलाई आफन्तले पहिचान गरिसकेका छन् । शव आज घर ल्याउने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार