मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

वेपत्ता बालकको खोजी गर्न २५ प्रहरी परिचालन, हजुरआमा नियन्त्रणमा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२७ माघ २०८०, शनिबार

झापा । इलामको रोङ गाउँपालिका–२ दुधेबाट बेपत्ता भएका ६ बर्षीय बालक निर्भिक तामाङको खोजी गरिरहेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

खोजी कार्य र घटना अनुसन्धानमा सहयोग पुर्याउनका लागि बेपत्ता बालकको सम्बन्धमा हजुरआमा पर्ने एक जना आफन्तलाई नियन्त्रणमा लिएको डिएसपी प्रकाश जवेगुले जानकारी दिए।

बालकको खोजी कार्यमा हालसम्म उपलब्धि नदेखिएपनि  एक जना आफन्तलाई सोधपुक्षकालागि नियन्त्रणमा लिएकाे बताए । उहाँ निर्भिकको हजुरआमा सम्बन्ध पर्नुहुँदो रहेछ, बेपत्ता हुनु अघि बालक उहाँसंगै घरबाट निक्लिएको देखिन्छ ।

बालकको खोजीमा आज बिहानै देखि डिएसपी जवेगुको नेतृत्वमा २५ जना प्रहरी परिचालन भएका थिए । खोजी कार्यमा प्रहरीले २ वटा कुकुरको समेत प्रयोग गरेको थियो । संभावीत क्षेत्रमा खोज गरिएपनि बालक फेला पर्न नसकेको जवेगुले बताए ।

सुनसरीको धरान उपमहानगरपालिका–८ दुर्गा मार्ग घर भएका बालक निर्भिक तामाङ इलामको रोङ–२ स्थित मामाघर आएका थिए । विजय ग्लान तामाङ र शान्तकुमारी तामाङको छोरा निर्भिक बिहीबार दिउँसोबाट बेपत्ता भएका हुन् ।

अन्दाजी ३ फिट ५ इन्च उचाईका उनी पातलो दुब्लो शरिर भएको र करिब १२ केजी तौल रहेको परिवाले जनाएको छ । बेपत्ता भएको समयमा बालकले कालो रङ्गको ट्रयाक र सुन्तले रङ्गको जम्पर लगाएको बताइएको छ । उनको खोजी कार्यमा सहयोग गरिदिन परिवार, आफन्त र प्रहरीले आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार