मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |
मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |


अध्यक्षको कार्यकक्षमै वडा सदस्यले कुटे प्रधानाध्यापक

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

झापा ।  दाङको राजपुर गाउँपालिका ७ का सदस्य प्रमोद बस्नेतले एक जना प्रधानाध्यापकमाथि कुटपिट गरेका छन्।

माध्यामिक विद्यालय सिक्टाका प्रअ विष्णु खत्रीले आफूलाई वडा सदस्य बस्नेतले वडाअध्यक्ष पुष्कर वलीकै अगाडि कार्यकक्षमै कुटपिट गरेको बताएका छन्।

प्रअ खत्रीले आफूमाथि कुटपिट गरेको भन्दै वडा सदस्य बस्नेतविरूद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा मंगलबार उजुरी दिन लागेको बताए।

‘म सोमबार अपराह्न ३ बजेतिर वडाध्यक्षलाई भेट्न उहाँको कार्यकक्षमा पुगेको थिएँ। यसअघि विद्यालय व्यवस्थापन समितिका दुइटा बैठक उहाँ अनुपस्थित हुँदा बस्न सकेको थिएन,’ उनले भने, ‘वडाध्यक्षसँग कुराकानी चलिरहँदा वडा सदस्य बस्नेतले ममाथि एक्कासी कुटपिट गर्नुभएको हो।’

उनले टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको पनि बताए। आफूले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिदिएको उनको भनाइ छ।

‘प्रहरीमा जाहेरी दिएपछि थप उपचारका लागि बाँके जाँदैछु,’ उनले भने।

उनीहरूबीच विवादको मुख्य कारण सामुदायिक विद्यालयमा किन विद्यार्थीबाट मासिक शुल्क उठाइएको हो भन्नेमा हो।

‘वडाध्यक्षसँग म कुराकानी गरिरहेको थिएँ। वडा सदस्य बस्नेत आएर सरकारी विद्यालयका विद्यार्थीबाट किन पैसा उठाएर खानुभयो? भन्दै ममाथि अपशब्द प्रयोग गर्ने र कुटपिटसमेत गर्नुभएको हो,’ प्रअ खत्रीले भने, ‘मैले वडाध्यक्षकै सल्लाहअनुसार शुल्क उठाइएको हो भनेको थिएँ।’

आफूमाथि वडा सदस्य बस्नेतले मुक्का, लात्ती र पञ्चिङ मेसिनले पनि प्रहार गरेको उनको भनाइ छ। प्रअ खत्रीमाथि वडा सदस्य बस्नेतले हातपात गरेपछि वडाध्यक्ष ओलीले छुट्टाएका थिए।

‘मलाई विद्यालय छाडेर नगए ज्यान लिने धम्कीसमेत वडा सदस्यले दिएका छन्,’ प्रअ खत्रीले दाबी गरे। 

यसबारे वडा सदस्य बस्नेतलाई सोध्दा उनले शिक्षा नियमावली विपरीत ६ वर्षदेखि विद्यालयले विद्यार्थीहरूसँग शुल्क उठाएकोबारे आफूले प्रअ खत्रीसँग जिज्ञासा राख्ने क्रममा खत्री आवेशमा आएको दाबी गरे।

‘प्रअ खत्रीको राजपुर ६ गम्दीमा आफ्नै बोर्डिङ छ। उहाँले आफ्नो बोर्डिङलाई सहयोग गर्ने र विद्यार्थी त्यहीँ पठाउने खालका काम गर्दै आउनु भएको छ,’ वडा सदस्य बस्नेतको आरोप छ, ‘सरकारी विद्यालयमा शुल्क उठाउने र विद्यार्थीलाई निजीमा जान प्रेरित गर्नेजस्तो बदमासी देखियो।’

खत्री प्रअ भएयता ६ वर्षमा मावि सिक्टामा एक पटक पनि अभिभावक भेला नगरिएको पनि आरोप छ।

साथै गत वैशाख १६ गते राजपुरमा आगलागी हुँदा विद्यालय पुगेर लेखापात दीपक नेपालीको सहयोगमा खाता चेकजाँच गर्न खोज्दा प्रअ खत्रीले आफूलाई पक्राउ गर्न प्रहरी बोलाएको वडा सदस्य बस्नेत बताउँछन्।

प्रअ खत्रीले आफ्नो टि-सर्ट च्यातिदिएको पनि उनको भनाइ छ। ‘पञ्चिङ मेसिनले मलाई प्रहार गर्नुभयो, हातका दुई औंला सुन्निएका छन्,’ वडा सदस्य बस्नेतले भने।

यस घटनाबारे वडाध्यक्ष पुष्कर वलीले कुटपिट र आक्रमणमा उत्रनु वडा सदस्य बस्नेतले गल्ती रहेको बताए। ‘केही समस्या देखिए जनप्रतिनिधिले समस्या स‌ंवादबाटै हल गर्ने हो, कुटपिटमा उत्रनु राम्रो भएन,’ उनले भने।

प्रअ खत्रीले गाउँपालिकाले आवश्यक शिक्षक उपलब्ध गराउन नसक्दा विद्यालयमा पठनपाठन प्रभावित हुने अवस्था रहेको बताएका थिए। विद्यालय सञ्चालन गर्न शुल्क उठाउनु परेको उनको जिकीर थियो।

वडा सदस्य बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। वडाध्यक्षसहित तीन जना माओवादी र २ जना सदस्य कांग्रेसबाट निर्वाचित भएका थिए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार