मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

विदेशबाट दशैंमा घर फर्किँदै हुनुहुन्छ ? अरुको सामान नल्याउनुस्

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

झापा दशैं, तिहार लगायतका चाडपर्व आएसँगै विदेशमा रहेका नेपालीहरु घर फर्किने क्रम सुरु भएको छ । घर फर्किने क्रममा कतिपयले टीभी, मोबाइल, ल्यापटप लगायतका सामान पनि ल्याउने गरेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध भएका र नभएकाहरुले पाउने सुविधामा फरक फरक छ ।

श्रम स्वीकृति लिएर लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्ने छैन ।

तर सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका नेपाली यात्रुले भने ३२ इञ्चसम्मको टेलिभिजन मात्र भन्सारी नतिरी ल्याउन पाउनेछन् ।

५ हजारभन्दा बढी अमेरिकी डलर बोकेर आउने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्ने समेत भन्सार कार्यालयले सूचना निकालेर जानकारी दिएको छ । यसरी स्वघोषणा गर्दा कुनै शुल्क भने लाग्ने छैन ।

कार्यालयले व्यक्तिगत प्रयोजनका लागि कानुनने छुट दिएका वा राजश्व तिरेर ल्याउन सकिने बाहेकका सामान नल्याउन समेत अनुरोध गरेको छ ।

कार्यालयका अनुसार विदेशबाट नेपाल फर्किने यात्रुमा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्म सुनको गहना ल्याउँदा भन्सार लाग्दैन ।

थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउने पाउने व्यवस्था पनि छ ।

तर गहनाको आकार मात्र दिएर बनाएको बेरुवा औठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई भने गहनाको मान्यता लिइने छैन ।

मोबाइलको हकमा विदेशबाट फर्किने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।

श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्किएका यात्रुाले थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने छन् । सूचनामा भनिएको छ, ‘थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्नेछ ।’

तर अरुको सामान नल्याउन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ ।

पछिलो समय साउदी अरब, यूएई, कतार, हङकङ, थाल्याण्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल र आसपासबाट अपरिचत व्यक्तिले घरमा पुर्‍याउने उपहार हो भनेर वा केही पैसा दिन्छु भन्ने प्रलोभन देखाएर ल्यापटप, मोबाइल, सुन, घडी लगायतका समान पठाउने गरेको भन्दै कार्यालयले भनेको छ, ‘यात्रुहरुले मापदडभन्न्दा बढी मालवस्तु लिएर आउने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मलवस्तु जफत हुने तथा सो बराबर मुल्य धरौटी जरिवाना तथा कैद सजाय पाउने गरेका छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार