मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको घर वरिपरि कडा सुरक्षा

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१४ चैत्र २०८२, शनिबार

झापा / जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निवास वरिपरि कडा सुरक्षा व्यवस्था गरिएको छ। गत भदौ २३ र २४ गते भएको चर्चित ‘जेन्जी आन्दोलन’ सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा प्रवेश गरेसँगै विकसित घटनाक्रमले राजधानीको सुरक्षा अवस्था थप संवेदनशील बनेपछि यस्तो कदम चालिएको हो।

आयोगको प्रतिवेदनले उक्त आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित उच्च सुरक्षा अधिकारीहरूमाथि अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो। सोही सिफारिस कार्यान्वयन गर्दै सम्बन्धित निकायले ओली र लेखकलाई पक्राउ गरेपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।

पक्राउपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रामक बनेको छ। आज काठमाडौंको माइतीघर तथा बानेश्वर क्षेत्रमा एमाले समर्थकहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा केही घाइते भएका छन् भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अवस्था नियन्त्रणमा लिन प्रहरीले केही स्थानमा बल प्रयोगसमेत गरेको थियो।

यसैबीच, आयोगका अध्यक्ष कार्कीमाथि सम्भावित सुरक्षा चुनौती बढ्न सक्ने आकलन गर्दै नेपाल प्रहरीले उनको निवास वरिपरि २४ घण्टा सशस्त्र तथा जनपथ प्रहरी परिचालन गरेको छ। सादा पोशाकका सुरक्षाकर्मीमार्फत निगरानी बढाइएको छ भने घर आसपास आवागमनमा समेत कडाइ गरिएको छ।

प्रहरी स्रोतका अनुसार कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता उच्चस्तरमा पुर्‍याइएको हो। साथै, आयोगका अन्य पदाधिकारीहरूको सुरक्षाबारे समेत आवश्यक मूल्यांकन भइरहेको जनाइएको छ।

प्रहरीले सर्वसाधारणलाई शान्ति सुरक्षामा सहयोग गर्न र हल्लाको पछि नलाग्न आग्रह गरेको छ। पछिल्ला घटनाक्रमले देशको राजनीतिक वातावरण तातेको अवस्थामा सुरक्षा निकाय उच्च सतर्कतामा रहेको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार