साकेतिक तस्विर
झापा । सिटी सफारीको ठक्करबाट झापाको भद्रपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ।
भद्रपुर नगरपालिका–२ चारआलीमा हिजो साँझ ६.४५ बजे सिटी सफारीको ठक्करबाट भद्रपुर–२ का ६४ वर्षीय पूर्णबहादुर पराजुलीको मृत्यु भएको हो।
धिमालधुराबाट चारआलीतर्फ जाँदै गरेको प्र–१–०१–००२ ह ८४६८ नम्बरको सिटी सफारीले पैदलयात्री पराजुलीलाई पछाडिबाट ठक्कर दिँदा उनको दाहिने घुँडा, छाती र टाउकोमा चोट लागेको थियो । घाइतेलाई उपचारको लागि ओम साई पाथिभरा अस्पताल भद्रपुर लगिएकोमा राति ९ः५० बजेको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकका भाइ लेखनाथ पराजुलीले इलाका प्रहरी कार्यालय पृथ्बीनगरमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर उक्त सिटी सफारी नियन्त्रणमा लिएको थियो । सिटी चालक भद्रपुर ३ बस्ने ४२ वर्षीय रमेश माझी घाइते पराजुलीको उपचारमा संलग्न रहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिएर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।