मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

बलात्कारको आरोपमा पक्राउपरेका विर्तामाेडका पूर्वमेयर शिवाकोटी अस्पताल भर्ना

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

झापा आफ्नै घरमा राखेको १६ वर्षीया नाबालिकालाई पटक पटक करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी अस्पताल भर्ना भएका छन् ।

उनलाई बीएण्डसी अस्पतालमा हिजो साँझ भर्ना गरिएको हो । पक्राउ परेपछि शिवाकोटीलाई स्वास्थ्य परीक्षणका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ अस्वस्थ भएपछि उनलाई बीएण्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाका तर्फबाट शिवाकोटीविरुद्ध हिजै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दर्ता भएको डीएसपी प्रकाश विष्टले बताए । आज उनलाई म्याद थपका लागि झापा जिल्ला अदालत लगिने विष्टले जानकारी दिए । त्यस्तै पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।

करिब ८ बर्ष अघिदेखि शिवाकोटीको बिर्तामोड–५ स्थित घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी नाबालिकालाई शिवाकोटीले पटकपटक करणी गरेको खुलेको छ ।

बाबुको मृत्यु भएपछि ती किशोरी बिर्तामोडस्थित एक आफन्तकोमा बस्दै आएकी थिइन् । शिवाकोटीका टाढाका आफन्त पर्नेका घरमा बस्दै आएकी किशोरीलाई आफ्नो घरमा राखेर पढाउने भनेर शिवाकोटीले लिएर गएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै