मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

शुक्रबारबाट तातोपानी नाका स्थानीय सर्वसाधारणको लागि खुल्ने British

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१४ भाद्र २०८०, बिहीबार

झापा शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। 
चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकले यस्तो सहमति गरेको हो। 

नेपालका महावाणिज्य दुत नवराज ढकालले फेसबुक पेजमा यसको पुष्टि गर्दै जानकारी सार्वजनिक गरेका छन्। 

कोदारीस्थित अध्यागमन बिभागका नायब कार्यकारी प्रमूख रविन्द्र पोखरलले पनि शुक्रबारबाट यो नाका यात्रु आवत जावतको लागि खुला गरिन लागेको जानकारी दिए। 

‘चिनीयाँहरूले अहिलेलाई सिन्धुपालचोक बासीहरूलाई र चिनियाँ भिसा भएकाहरूलाई आवतजावत खुला गर्न भनेका छन्,’ पोखरलले भने। 

पोखरेलका अनुसार सिन्धुपालचोकका स्थानीयले आवतजावतको लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्। 

२०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो। मानिस आवत जावत भने खुल्न सकेको थिएन। 

यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ। 
प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी असोज ५ गते चीन भ्रमणमा जाने कार्यक्रम छ। 

अमेरिकाको न्यु योर्कमा हुने ७८ औं संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएपछि प्रधानमन्त्री दाहाल त्यहाँबाट सोझै चीन जाने कार्य तालिका छ। उनको भ्रमणमा तातोपानी व्यापार नाका प्राथमिकतामा पर्ने व्यवसायीहरूको विश्वास छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार