झापा । नेकपा एमाले झापाको इन्चार्जको जिम्मेवारी रोमनाथ ओलीले पाएका छन्
। आज बसेको एमालेको सचिवालय बैठकले ओलीलाई झापाको इन्चार्जको जिम्मेवारी
प्रदान गरेको हो । दमक नगरपालिका पूर्व नगरप्रमुख समेत रहेका ओली नैतिक र
आर्थिक रुपमा स्वच्छ छवि भएका नेताको रुपमा परिचित भएकाे बुझिएकाे छ ।