मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

गिनी-बिसाउमा सैनिक कू, सेना प्रमुख बने अन्तरिम राष्ट्रपति

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१३ मंगशिर २०८२, शुक्रबार

झापा/ पश्चिम अफ्रिकी मुलुक गिनी-बिसाउमा सेनाको हस्तक्षेपपछि नागरिक सरकार अपदस्थ भएको छ भने सेना प्रमुख अन्तरिम राष्ट्रपति बनेका छन् ।

राष्ट्रपति चुनावको नतिजा सार्वजनिक हुनुभन्दा एक दिन अगाडि त्यहाँको सेनाले सत्ता कब्जा गरेको घोषणा गरेको थियो।

अपदस्थ राष्ट्रपति उमारो सिसोको एम्बालोलाई क्षेत्रीय संगठनको हस्तक्षेपपछि विशेष उडानमार्फत सेनेगल पठाइएको सेनेगलको विदेश मन्त्रालयले जनाएको छ।

पछिल्ला पाँच वर्षमा पश्चिम र मध्य अफ्रिकामा भएको यो नवौं सैनिक कू हो।

कोकिन तस्करीको प्रमुख ट्रान्जिट केन्द्र मानिने गिनिया–बिसाउ लामो समयदेखि राजनीतिक अस्थिरताको चपेटामा पर्दै आएको छ।

सैनिक समूहले आफूलाई ‘हाइ मिलिटरी कमाण्ड फर द रेस्टोरेसन अफ अर्डर’ नाम दिएर टेलिभिजनमार्फत सत्ता कब्जा गरेको घोषणा गरेको थियो।सेनाले राजनीतिज्ञ र लागुऔषध तस्कर संलग्न कथित षड्यन्त्रलाई कूको कारण बताएका छन्।

सैनिक पोसाकमा अन्य सैनिक अधिकारीसहित पहिलो पटक सार्वजनिक रूपमा देखिएका अन्तरिम राष्ट्रपति इन्टा–एले सत्ता हस्तान्तरण तुरुन्तै सुरु भएको र संक्रमणकाल एक वर्षसम्म रहने बताए।

उनले लागु औषध कारोबार गर्नेहरूबाट गिनियाली लोकतन्त्र जोगाउन’ कू गर्नुपरेको दाबी गरे। शपथग्रहण समारोहमा उनले मेजर–जनरल टोमस जासीलाई  सेना प्रमुख नियुक्त गरेका छन्।

कू घोषणा हुनुभन्दा एक दिनअघि राजधानी बिसाउमा निर्वाचन आयोग र राष्ट्रपति भवन नजिक करिब एक घण्टासम्म गोली चलेको थियो।

त्यसपछि एम्बालोले फ्रान्सेली सञ्चारमाध्यमलाई आफू अपदस्थ भएको जानकारी दिएको बताएका थिए। सेनाको एक विज्ञप्तिमा एम्बालो तथा अन्य उच्च अधिकारीहरूलाई सैनिक नियन्त्रणमा राखिएको उल्लेख गरिएको थियो।

यस कूको अफ्रिकन युनियनले कडा निन्दा गर्दै एम्बालो र पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरेको छ।

राजधानी बिसाउ बिहीबार अधिकांश समय शान्त देखिएको छ।

सडकमा सैनिक तैनाथ थिए भने धेरै बासिन्दा घरभित्रै बसेका छन्। बजार, बैंक तथा औषधि पसलहरू बन्द रहे। स्थानीय बासिन्दा जुलियो गोनसाल्भेसले रोयटर्ससँगको कुराकानीमा ‘औषधि किन्न समेत नपाइने अवस्था आएको’ भन्दै चिन्ता व्यक्त गरेका छन्।

यसअघि राष्ट्रपति पदका प्रत्यासी फर्नान्डो डियासले एम्बालोमाथि चुनाव हार्ने डरले ‘नक्कली कू प्रयास’ गरेको आरोप लगाएका थिए।

डियासलाई समर्थन गर्ने गठबन्धनले निर्वाचनको नतिजा तत्काल सार्वजनिक गर्न माग गर्दै बुधवार पक्राउ परेका पूर्वप्रधानमन्त्री डोमिङ्गोस सिमोएस पेरेइराको रिहाइको पनि माग गरेको छ।

 सुरक्षा बलले पेरेइरा राखिएको भनिएको भवनबाहिर भएको सानो प्रदर्शनलाई अश्रुग्यास प्रयोग गरेर तितरबितर पारेको थियो।

गिनिया–बिसाउ दक्षिण अमेरिकाबाट युरोपतर्फ जाने कोकिन तस्करीको मुख्य मार्गमा पर्ने देश हो। ‘

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै