मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

राजविराज नगरपालिकामा सुकुम्बासीले गरे तालाबन्दी

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१८ जेठ २०८३, सोमबार

झापा / जग्गाधनी पुर्जा (लालपुर्जा) वितरणको माग गर्दै स्थानीय अव्यवस्थित बसोबासी तथा सुकुमवासीहरूले सोमबार राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। लामो समयदेखि लालपुर्जाको माग गर्दै आन्दोलनरत संघर्ष समितिको नेतृत्वमा नगरपालिकाको मूल कार्यालयमा ताला लगाइएको हो।

आन्दोलनकारीहरूको भनाइ अनुसार उनीहरू नगरपालिका स्थापना हुनुअघिदेखि नै उक्त क्षेत्रमा बसोबास गर्दै आएका छन्। पटक–पटक आश्वासन पाए पनि हालसम्म जग्गाधनी पुर्जा उपलब्ध नगराइएको भन्दै उनीहरूले हकभोगका आधारमा लालपुर्जा दिनुपर्ने एकसूत्रीय माग अघि सारेका छन्।

संघर्ष समितिका संयोजक खेलानन्द दासले शान्तिपूर्ण आन्दोलन, धर्ना र दबाबमूलक कार्यक्रम गर्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताएका छन्। लालपुर्जा वितरणको सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने चेतावनी पनि आन्दोलनकारीहरूले दिएका छन्।

संघर्ष समितिले ११ दिनसम्म धर्नालगायतका विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएका थिए । विटोरी जग्गाको राजस्व राजविराज नगरपालिकामा बुझाउँदा समेत लालपुर्जा वितरणमा बेवास्ता गरेको भन्दै आक्रोशित उनीहरूले अब नापी कार्यालयमा समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् । 

यसैबीच, सार्वजनिक जग्गा खाली गराउने विषयमा केन्द्र सरकारले देशव्यापी रूपमा कडाइ गर्ने संकेत दिएपछि आफूहरूको बसोबास असुरक्षित बन्ने चिन्ताले आन्दोलन थप चर्किएको आन्दोलनकारीहरूको भनाइ छ।

उता, बोदेबरसाईन बजारका स्थानीयले पनि जग्गाको राजस्व  नगरपालिकामा बुझाउँदा समेत लालपुर्जा नदिइएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा वैशाख २९ गते नै ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार