झापा / नेपाल प्रहरीले लागुऔषधसहित चार जनालाई झापाकाे दमकबाट पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं ५ बस्ने वर्ष २४ काे अनुभव दर्नाल, १ बस्ने वर्ष २६ काे सुरज कुमाल रहेका छन् । त्यसैगरि साेहि नगरपालिका वडा नं ६ बस्ने वर्ष २९ काे सुमन दर्जी र ७ बस्ने वर्ष २४ काे बिरबहादुर पाैडेल रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
शुक्रबार अन्दाजी २०:०० बजेको समयामा जिल्ला
झापा दमक नगरपालिका वडा न.५ सृष्टी टोल स्थित देवु गडर्तौलाको टाडे घरको भुई
तल्लाको कोठामा डेरा गरी बस्ने दर्नाल लगाएतका मानिसहरु उक्त कोठामा
भेला भई लागु औषधको बिक्री बितरण गरी रहेको भन्ने गोप्य सुचनाको
आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले निजको कोठा
भित्र भुईमा लागु औषध र नगद समेत राखि सबै जना भई ट्याप्लेट तथा खैरो
हेरोईन जस्तो देखिने पदार्थ समेत मिलाउदै गरेको अवस्थामा फेला पारी तत्काल
निजहरुलाई कानुन बमोजिम तलासी लिदा प्रतिबन्धित औषधि Tramadol
Hydrochloride Capsules IP 50 mg लेखेको ८० पत्ता ८०० क्याप्सुल र anargan
-35 लेकिएको ८० पत्तामा ८०० चक्कि, खैरो हिरोईन जस्तो देखिने पदार्थ
प्लाष्टिक बाहेक ५५० मिलिग्राम र बिभिन्न दरका नेपाली नगद १०
हजार पाँच सय बरामद गरी उनीहरुलाई थप अनुसन्धका लागि नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे छ ।