मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

माओवादी केन्द्रले मागाे कोशीका पर्यटन मन्त्रीको राजीनामा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२३ आषाढ २०८२, सोमबार

झापा / कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचार र अनियमितताको गम्भीर आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले  राजीनामा माग गरेको छ ।

आज (सोमबार) बसेको कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद राजन किरातीले मन्त्री मण्डलको सचिवालयमा रहेका अमृत मेहता नामका व्यक्ति ‘अनधिकृत सचिव’ का रूपमा कार्यरत रहेको र उनकै नाममा रहेको क्युआर कोडबाट कर्मचारीहरूसँग रकम सङ्कलन भइरहेको भन्दै मण्डलकाे राजिनामा माग गरेका हुन् ।

मन्त्री मण्डलको सचिवालयमार्फत ‘क्युआर आतङ्क’ मच्चाएर कर्मचारीहरूसँग रकम असुली गरिएको र रकम नदिनेलाई सरुवाको धम्की दिइएको माओवादी केन्द्रले आरोप लगाएको हो।

सांसद किरातीले ‘कोशीका पर्यटन मन्त्रीज्यूको क्युआर आतङ्क, रकम नबुझाउनेलाई सरुवा गर्न खोजेको भन्ने शीर्षकमा समाचारहरू आइरहेका छन्,’ भन्दै यस प्रकरणले बजेट निर्माणमा समेत बिचौलियाको संलग्नता रहेको आफ्नो दलको पुरानो आशंकालाई पुष्टि गरेको दाबी गरे।

उनले यो विषय अत्यन्त गम्भीर भएकाले सरकारले तत्काल छानबिन गरी सत्यतथ्य सदनलाई जानकारी गराउन सभामुखमार्फत माग गरे। यस्तो गम्भीर आरोप सार्वजनिक भइसक्दा समेत मन्त्री मण्डल सदनमा अनुपस्थित रहनुले उनको नैतिकतामाथि प्रश्न उठेको किरातीको भनाई थियो। 

‘यस्तो गम्भीर विषय उठिसकेपछि मन्त्रीज्यू आज सदनमा देखिनुभएको छैन। नैतिकताको आधारमा उहाँले राजीनामा दिनु राम्रो हुन्छ, हामी सुझाव दिन चाहन्छौँ,’ उनले भने।

प्रमुख प्रतिपक्षी दलका तर्फबाट सांसद किरातीले यो गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आम जनता र सदनलाई स्पष्ट जानकारी दिन माग गरे। यस प्रकरणले कोशी प्रदेश सरकारको जबाफदेहितामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार