मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

अमेरिकाबाट डिपोर्ट भएका २० जना पूर्व शरणार्थी भुटानबाट समेत लखेटिए

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

झापा अमेरिकाबाट डिपोर्ट भएर भुटानबाट समेत २० जना पूर्व शरणार्थी लखेटिएको पाइएकाे छ । भुटानबाट खेदिएर नेपाल हुँदै अमेरिका पुगेकामध्ये २० जना पूर्व भुटानी शरणार्थी डिपोर्ट भएका थिए  ।

उनीहरुलाई अमेरिकाले भुटान ल्याएर छाडेको र त्यसपछि भुटानले पनि देश निकाला गरेको हो । तीमध्ये नेपालमा पक्राउ परेका चारजनाबाहेक अरुको अत्तोपत्तो छैन ।

अमेरिकाबाट डिपोर्ट भएर भुटानबाट समेत २० जना पूर्व शरणार्थी लखेटिएको भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले बताए । उनले पहिलो पटक १० , दोस्रो पटक ३ ,तेस्रो पटक २ र पछिल्लो पटक ५ जनालाई अमेरिकाले डिपोर्ट गरेको जानकारी दिए । तीमध्ये नेपालमा पक्राउ परेका चारबाहेक अन्यको अबस्थाबारे थाहा हुन नसकेको पौडेलले जानकारी दिए । यसअघि अमेरिकाबाट १९ जना पूर्व शरणार्थीलाई डिपोर्ट गरिएको बताइएको थियो ।

त्यस्तै तीनजना पूर्व शरणार्थीलाई अमेरिकामा पक्राउ गरेर राखिएको पौडेलले जानकारी दिए । अमेरिकाले डिपोर्ट गरेर भुटान पठाए पनि आफ्नो देशले अस्वीकार गरेपछि चारजना अवैध रूपमा नेपाल प्रवेश गरेका थिए । सोही अभियोगमा प्रहरी हिरासतमा रहेका ती भुटानी शरणार्थी युवा चार सातापछि गत शुक्रबार थुनामुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशले उनीहरूलाई सम्बन्धित नगरपालिकाभित्र मात्र हिँडडुल गर्न इजाजत दिइएको छ । हरेक सात दिनमा नजिकको प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ । उनीहरूलाई करिब दुई महिना यसरी नै निगरानी गरिने जनाइएको छ ।

यसैबीच अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका र त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने पाँच जनालाई निष्कासन गरिएको हो।

निष्कासनमा पर्नेमा म्याग्दी बेनीका कार्की, जाजरकोट त्रिवेणीका शाही, काठमाडौं बौद्धका लामा, डोल्पाका गुरुङ र ठेगाना नखुलेका कडायत थरीका व्यक्तिहरू रहेका छन्। उनीहरूमध्ये तीनजनालाई एयर इन्डिया र बाँकी दुई जनालाई कतार एयरलाइन्सबाट फर्काइएको हो। स्रोतका अनुसार उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसान नीतिमा कडाइ गरेपछि उनीहरूलाई नेपाल फर्काइएको हो। ट्रम्प प्रशासन लागू भएदेखि गैरकानुनी रूपमा बसिरहेका नेपालीहरूलाई धमाधम फर्काइँदै छ। अमेरिकी अध्यागमनले यसअघि दुई पटक चार्टर्ड विमानमार्फत नेपालीलाई नेपाल ल्याइपुर्याएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार