मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

फस्टाउँदै धरानमा सिद्रा व्यापार

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१ पौष २०८१, सोमबार

झापा सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ ।

सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उनीहरू बताउँछन् । सिद्राप्रति किलो रु छ सयदेखि रु एक हजार दुई सयसम्ममा बिक्री गर्छिन् ।  महिनामा सबै खर्च कटाएर रु ४० हजारसम्म बचत हुने व्यवसायीकाे भनाइ छ ।

धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारी छन् । सिद्राको पारखीहरु टाढाटाढा बाट यहाँ सिद्रा किन्न आउँछन् ।  विगत ३३ वर्षदेखि सिद्राको व्यापार गर्दै आएका धरान उपमहानगरपालिका- ३ का प्रेम श्रेष्ठ पनि जाडो यामसँगै बर्सेनि सिद्रा व्यापार फस्टाउने बताउँछन् । उनका अनुसार कात्तिकको पहिलो सातादेखि फागुनसम्म सिद्राको बढी व्यापार हुन्छ ।

उनले हाल १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्दै आएका छन् । पटासी, चेला, वामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा प्रजातिका सिद्रा बिक्री गर्दै आएको उनले सुनाए ।

धेरैजसो तरकारी र अचार बनाएर खाने सिद्रा बिक्री हुने उनले बताए । यही व्यापारबाट उनले घरखर्च र छोरा छोरीको स्कुल ‘फि’ बुझाउने गरेको बताए ।

वर्षमा २० क्वीन्टल बढी सिद्रा बिक्री गर्ने गर्छु ।’ धेरै जसो पहाडी जिल्लाहरुमा सिद्रा खपत हुने गरेको उनको भनाइ छ ।

सिद्रा मौसमअनुसार नेपालमा साउनदेखि असोज महिनासम्म उत्पादन हुने गर्छ । सो अवधिमा उनले नेपालमै खरिद गरेर बिक्री गर्ने गरेको बताए ।

नेपालमा सिद्रा उत्पादन हुने याम सकिएपछि भारतबाट ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ । सिद्रा धरानका होटलहरुमा अचारका लागि खपत हुने गर्छ । आफन्तलाई कोसेलीका रुपमा पनि ग्राहकहरुले सिद्रा खरिद गरेर लैजाने उनले बताए ।

जाडो याममा सिद्राको झोल बनाएर खाने चलन रहेको व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार