मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |
मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |


भद्रपुर नगरका पूर्व मेयर श्रेष्ठसहित तीन जनाकाे सदस्यता खारेज

देश प्रदेश डेस्क 5094+ समाचार ( )
११ माघ २०८०, बिहीबार

झापा नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले भद्रपुर नगरका पूर्व मेयर जीवनकुमार श्रेष्ठसहित ३ जनालाकाे पार्टी सदस्यता खारेज गरेको छ । एमाले भद्रपुर नगर कमिटीको पुस २९ गते बसेको सचिवालयको विस्तारित बैठकले पार्टी पूर्व प्रदेश कमिटीका सदस्य जीवनकुमार श्रेष्ठ, पूर्व नगर इञ्चार्ज तथा जिल्ला कमिटी सदस्य हरि तिम्सिना तथा पूर्व जिल्ला कमिटीका विभागीय सदस्य लोकनाथ भट्टराईलाई विधानको धारा ८० को १,२,३, ४ र ५ अनुसारको कसुर गरेको ठहर गरी विधानको धारा ८१ (१) बमोजिम निजहरुको पार्टी सदस्यता खारेजीको निर्णय गरेको हो।
तल्लो कमिटीको आवाज माथिल्लो कमिटीले नसुने पछि नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित कार्य गर्ने तीन जनाको पार्टी सदस्यता खारेज गरेको  जनाएकाे छ ।  निर्णय अनुमोदनका लागि पार्टी जिल्ला कमिटीमा अनृुरोध गरी पठाउने निर्णय पनि गरेको छ ।

नगर अध्यक्ष ब्रम्हलाल ढुङ्गानाको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य तथा भद्रपुर नगर इन्चार्ज सुनिता बरालको प्रमुख आतिथ्यतामा कोशी प्रदेश कमिटी सचिवालय सदस्य बसन्त बानियाँ, कोशी प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं.३ (१) का इन्चार्ज सन्तलाल मेचे एवं पार्टी जिल्ला कमिटी सदस्य  तथा भद्रपुर सह ईन्चार्ज कालीचरण बस्नेत सहितको आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो । 

बैठकमा नगर अध्यक्ष ढुङ्गानाले कार्ययोजनाको एजेण्डा प्रस्तुत गर्न लाग्दा बैठकमा सहभागी वडा इञ्चार्ज तथा वडा कमिटी अध्यक्ष एवंम् सचिवालय सदस्यहरुले हलबाट पार्टीमा घात अन्तरघात गर्नेहरुको विषयमा छलफल र निर्णय नगरी अध्यक्षबाट प्रस्तुत भएका विषयहरुमा छलफल गर्न नसकिने अडान राखेपछि स्थानीय तह, संघ तथा  प्रदेश निर्वाचनमा स्पष्ट देखिने गरी भएका अन्तरघात गर्ने गराउने माथिको कारवाही सम्बन्धमा छलफल चलाई निर्णय नभएसम्म प्रस्तुत विषयमा छलफल गर्न नसकिने अडान सहितको कार्यकर्ताको दवावमा सो निर्णय भएको थियो । 

कार्यकर्ताले माथिल्लो कमिटीलाई नगरस्तरीय समीक्षा समितिले दिएको प्रतिवेदनलाई समेत माथिल्लो कमिटीले वेवास्ता गरेको भन्दै हलबाटै सो निर्णय गर्नु परेको एक सहभागीले बताए । सो बैठकले सो विषयमा व्यापक छलफल भई सर्वसम्मत ढंगले थप निर्णय पनि गरेको छ । 

निर्णयहरु यसप्रकार रहेको छ ।

१. नगर तथा वडा मातहतका केही कमरेडहरुलाई प्रत्यक्ष भेटघाट, कमिटीको बैठकमा मौखिक स्पष्टीकरण र केही कमरेडहरुलाई लिखित स्पष्टीकरण सोधिएकोमा माथिल्लो कमिटीका नेताका गतिविधिका कारण भ्रममा पर्न गएको स्वीकार गरी आत्मा ओलोचना गर्नु भएको हुँदा सम्बन्धित कमरेडहरुलाई यथावत पार्टी  काममा फर्काउने निर्णय गरिएको छ ।   

२. माथिल्लो कमिटीको जिम्मेवारीमा रहेर गत स्थानीय र संघ तथा प्रदेश निर्वाचनमा स्पष्ट देखिने बुझिने गरी पार्टीको उमेद्धार विरुद्धमा मत माग्ने, पार्टीका कार्यकर्ताहरुलाई विपक्षमा मतदान गर्न उत्प्रेरित गर्ने, विपक्षहरुसँग बैठक बसी आफ्नो पार्टीका गतिविधिबारे जानकारी दिने र योजना बनाउने, निर्वाचन परिचालनको समानान्तर कमिटीको रुपमा परिचालित भई पार्टीका कार्यकर्ताहरुलाई प्रलोवनमा पार्ने काँग्रेसका पैसा बाडने जस्ता पार्टी विरोधी गतिविधि गरेका स–प्रमाण सहित कार्यदलले प्रतिवेदन माथिल्लो कमिटीमा प्रतिवेदन बुझाई सकेकोे स्मरण गरियो ।

समयमै कारवाही नहुदा अन्तरघातीहरु आफुलाई पार्टीमै रहेको देखाउदै गुट निर्माणमा तल्लिन रहँदै पार्टी कार्यकर्ता र जनतामा भ्रमछरी पार्टीलाई कमजोर बनाउने खेलमा हालसम्म लागि रहनु भएका तत्कालिन कोशी प्रदेश कमिटी सदस्य जीवन कुमार श्रेष्ठ र जहाँ एमाले त्यहाँ हराउ अभियान सञ्चालन गर्ने सार्वजनिक उद्घोष गर्दै आउनु भएका तत्कालिन भद्रपुर नगर इन्चार्ज हरि तिम्सिना भद्रपुर ८ र जिल्ला विभाग सदस्य.लोकनाथ भट्टराई माथी हालसम्म कुनै कारवाही भए नभएको जानकारी नआएकोमा यो बैठक दुःख व्यक्त गर्दछ ।

माथी उल्लेख भएका कमरेडहरु माथी समयमै कारवाही नहुदा हौसला बढदै पछिल्लो परिवार नियोजन संघको निर्वाचनमा निज कमरेडहरुले गर्नु भएको गतिविधि प्रत्यक्ष रुपमा जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका जिम्मेवार कमरेडहरुले अवलोकन गर्नु भएको स्मरण गराउदै नविकृत सदस्यको नगरमा आएको नामावलीमा निज कमरेडहरुको नाम नआएको भए पनि जिल्लामा रहेको हुँदा विधानको धारा ८० को १,२,३, ४ र ५ अनुसारको कसुर गरेको ठहर गरी विधानको धारा ८१ (१) बमोजिम निजहरु जीवन कुमार श्रेष्ठ भद्रपुर ७, हरि तिम्सिना भद्रपुर ८ र लोकनाथ भट्टराई भद्रपुर ८ को पार्टी सदस्यता खारेजीको निर्णय गरियो । यसको अनुमोदनका लागि पार्टी जिल्ला कमिटीमा अनृुरोध गरी पठाउने निर्णय गरियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै